भनिन्छ जिन्दगानी दुई दिने घाम छाया। यहि घामछायाका बिचमा कुनै बेला आफ्नो सुख दुख साटासाट गर्न कोहि न कोहीको आवश्यकता पर्छ नै । सुखमा संगै रम्ने र दुखमा साथमा बसेर रुने मानिस यदि जिन्दगीमा भएन भने त्यो जिन्दगी के मज्जा। तर यसका बाबजुत केहि मानिसहरु यस्ता पनि हुन्छन कि जसलाई कसैको साथ भन्दा पनि एक्लोपन नै आनन्द लाग्छ। उनीहरु आफुभित्र नै रमाउन बढी लालायित हुन्छन।
समुन्द्रशास्त्रका अनुसार कुनै पनि मानिसको स्वभाव उसको राशी अनुसार फरक हुने गर्छ। यस शास्त्रमा केहि राशिहरुको बारेमा पनि बर्णन गरिएको छ जुन राशी भएकाहरु एक्लोपनमा रमाउन चाहन्छन। आउनुहोस हेर्नुहोस कतै यो कुराले तपाईसंग पनि मेल खान्छ कि ?
कर्कट राशी
एक्लोपन रुचाउने मध्ये सबैभन्दा पहिले आउने राशी हो कर्कट राशी। यिनीहरु आफु भित्र नै रमाउन चाहन्छन।
विकेन्डमा घर मै बस्नु
अन्य राशिका मानिसहरु जब छुट्टी पाइन्छ तब साथीभाईका साथमा घुम्न फिर्न चाहन्छन। तर कर्कट राशी भएकाहरु भने आफ्नो पुरा दिन घरमै बसेर बिताईदिन्छन।
परिवारसंग नजिक
कर्कट राशिलाई भिडभाड पटक्कै मन पर्दैन। त्यसैले यिनीहरु आफ्ना परिवार र आफन्तका साथमा नै समय बिताउन चाहन्छन।
कन्या राशी
कन्या राशिका मानिसहरु लजालु प्रवृत्तिका हुने भएकाले यिनीहरु आफ्नै दुनियामा मस्त रहन्छन।
अन्तर्मुखी
यिनीहरु अरुलाई आकर्षण गर्न चाहदैनन अन्तर्मुखी स्वभावका हुन्छन।
कुरा गर्न नचाहने
यिनीहरु अरुसंग कुरा गर्नु पनि ठुलो काम सम्झन्छन त्यसैले कन्या राशी घरमै बसेर आफ्नो काममा मस्त हुन रुचि राख्दछन।
मकर राशी
मकर राशिका मानिसहरु सन्तुलित प्रवृत्तिका हुन्छन। यिनीहरु साथीका साथमा रहन पनि चाहन्छन अनि एक्लै पनि। तर साथीका साथमा भन्दा पनि एक्लो रहनु मकर राशिको स्वभाव हो।
आफ्नो लागि समय
मकर राशी भएकाहरु आफ्नो लागि समय आफ्नै निकाल्छन साथै यिनीहरुका थोरै भन्दा थोरै साथी हुन्छन।
मिन राशी
मिन राशी भएकाहरु पनि पनि आफ्नै पाराका हुन्छन। दिउसै अनेक सपना देख्ने र किताब पढ्नु यिनीहरुको दैनिकी नै हो।
विकेन्ड सबैभन्दा अनुकुल समय
अरु मानिसहरि विकेन्डको समयमा एक्लो बस्न खासै मन पराउदैनन। तर मिन राशिका लागि यो समय निकै उपयुक्त रहन्छ। यो समयमा यिनीहरुलाई कसैको पनि जरुरत पर्दैन।
यदि तपाईलाइ यस लेख मन परेको छ भन्ने अन्य साथीका साथमा पनि शेयर गर्न भने नभुल्नु होला है