यदी तपाइको दात बलियो र गिजा ताजा छ भने यो तपाइको राम्रो स्वास्थ्यको संकेत हो। तर यही दात तपाइको व्यक्तित्वको बारेमा पनि धेरै कुरा भन्छ । के तपाईले यी कुरा सोच्नु भएको छ ?
दातको संख्या:
आज हामी तपाइको दातको संख्या, रंग र आकारको अधारमा यो बताउछौ कि तपाईको स्वभाव र व्यक्तित्व कस्तो छ । ज्योतिषको अनुसार जुन मानिसको मिलेको सुन्दर दात, गुलाबी रंगको हुन्छ त्यस्ता व्यक्ति धनवान हुन्छन ।
फुल जस्तै:
जुन मानिसको दात कुनै फुल जस्तै छ त्यस्ता मानिसले जीवनमा धेरै सुख भोग्छ। उनीहरु विलासी प्रवृत्तिको साथै शासक स्वभावको हुन्छन्। त्यस्तै जसको दात अनारको दाना जस्तै मोटो हुन्छ त्यस्ता व्यक्ति पनि निकै भाग्यशाली हुने गर्छन ।
३२ ओटा दात:
सामाजिक मान्यता अनुसार जुन मानिसको मुखमा ३२ ओटा दात हुन्छ त्यस्ता व्यक्ति सधै साचो बोल्छन्।
३० र ३१ ओटा दात:
जसको मुखमा ३१ ओटा दात हुन्छ त्यस्ता व्यक्ति विलासी र चलाख हुन्छन। त्यस्तै ३० ओटा दात हुने मानिस हरेक मामिलामा मध्यम श्रेणीको रहन्छन्।
२९ र २८ ओटा दात:
जुन व्यक्तिको मुखमा २९ ओटा दात हुन्छ त्यस्ता व्यक्ति जीवनभर सुखको खोजिमा भौतारिन्छन्। र जसको २८ ओटा दात हुन्छ ति व्यक्ति सधै असफल हुन्छन।
बाहिर निस्किएको दात:
भालू, बादर या गधाको जस्तो देखिने दात जसको हुन्छ त्यस्ता व्यक्ति गरिब हुन्छन।