आजको अस्त व्यस्त जीवनशैलीमा मोटोपना एक ठुलो समस्या हो । मोटोपनाले गर्दा कुनै मानिसको शरीर त नराम्रो देखिन्छ नै तर सयौँ बिमारीको खतरा पनि हुन्छ । भन्नुपर्दा मोटोपनाले जीवनको गतिशीलतालाई रोकेको छ र साना कामहरू गर्न पनि निकै उप्ठेरो हुने गर्छ।
त्यसैले आज हामी तपाईंलाई यस्ता ६ तरकारीको जुसको बरेमा बताउँदै छौँ जसले मोटोपनालाई घटाउँन मद्दत गर्छ । यी जुस पिएपछि तपाईंको शरीरको मोटोपना घट्नुका साथै तपाईं स्वस्थ पनि रहनुहुन्छ ।
बन्दाकोपीको जुस
बन्दाकोपीमा फाइबरको मात्रा धेरै हुन्छ । बन्दाकोपीमा पानी मिलाएर यसलाई पिसेर यसको जुस बनाउनुहोस् र बनेको जुस पिउनुहोस् । यसमा रहेको फाइबरले गर्दा तपाईंको पेट धेरै समय सम्म टन्न राख्छ । यस्तै तौल कम गर्न पनि मद्दत गर्छ ।
टमाटरको जुस
एउटा अध्ययनको अनुसार टमाटरको रसले कम्मरको बोसो कम गर्छ । प्रतिदिन टमाटरको रस पिउँदा २० देखि ३० वर्ष उमेरका महिलाको पेटको बोसो कम हुन्छ।
चुकन्दरको जुस
भिटामीन सी, फोलेट, म्याग्नीशियम, फलाम, तामा र पोटेशियम जस्ता पौष्टिक तत्त्व चुकन्दरको रसमा पाईन्छ। यदि तपाईं लामो समयसम्म व्यायाम गर्नुहुन्छ भने चुकन्दरको जुस पिउँदा थकान कम गर्दछ । यो जुस पिउँनाले , दिनभर तपाईंको शरीरमा उर्जा रहन्छ।
करेलाको जुस
करेकाको जुसले थुप्रै समस्याको समाधान गर्छ । करेला मधुमेह र उच्च रक्तचाप भएको मानिसका लागि पनि निकै राम्रो हुन्छ । करेलाले रगतमा चिनीको मात्रा कम गर्ने साथसाथै शरीरमा इन्सुलिनको उत्पादन बढाउँदछ। यसले शरीर भित्र रहेको अत्याधिक चिनीको स्तर नियन्त्रण गर्दछ, तौल पनि घटाउँछ।
लौकाको जुस
एक गिलास लौकाको जुस पिउँनाले दिन भरि तपाईंको शरीरमा उर्जा रहन्छ । यो जुस पिउँनाले धेरै भोक पनि लाग्दैन। लौकाको जुस पिउँनाले शरीरमा रक्त संचार पनि राम्रो हुन्छ र छाला पनि चम्किलो हुन्छ ।
पालकको जुस
पालकमा थाइलाकोइड पाईन्छ । यसको जुस पिउँनाले भोक कम लाग्छ । यस्तै तौल कम गर्न पनि यो निकै मद्दतगार हुन्छ ।

