पछि परेको अवस्था समेत बार्सिलोनाले खेल उल्ट्यायो !

एजेन्सी – बार्सिलोनाले आइतबार ला लिगामा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेको बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियालाई ३–१ ले हरायो । आन्सु फाती, मेम्फिस डिपाए र फिलिपे कोउटिन्होको गोलमा बार्सिलाना विजयी भएको हो ।

जोसे गायाले पाँचौं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए भने फातीले बराबरी गोल फर्काएका थिए । डिपाएले पेनाल्टीमा गोल गरे भने काउटिनोले गोल गरे अन्त्य तिर गोल गर्दै दबाबमा रहेको बार्सिलोनालाई जित दिलाए ।

भ्यालेन्सियाले पाँचौं मिनेटमै अग्रता बनाएको थियो । तर, चोटमुत्त भएर फर्केपछि पहिलो पटक सुरुवाती ११ मा परेका १८ वर्षे फातीले डिपाएसँगको वान टु पाससँगै १३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि बार्सिलोनाले खेलमा दबाब बढाइराख्यो । जसमा फातीको भूमिका महत्वपूर्ण रह्यो । मध्यान्तरअघि नै डिपाएको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

भ्यालेन्सियाले दोस्रो हाफको सुरुवातमा बराबरी गोलको अवसर पाएपनि सफल हुन सकेन । खेल सकिन ५ मिनेट बाँकी रहँदा फिलिपे कोउटिन्होले गोल गरेपछि बार्सिलोनाले ला लिगामा चौथो जित निकालेको थियो । १५ अंकका साथ बार्सिलोना अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया नवौं स्थानमा छ । सोसिडाड २० अंकसहित शीर्ष स्थानमा छ । सोही खेलमा सर्जियो अगुएरोले बार्सिलोनाबाट डेब्यू गरेका थिए ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८०८:५९

रियललाई झड्का, पिएसजीमै रहने मुडमा एम्बाप्पे !