जब बार्सिलोनाले एम्बाप्पे भित्र्याउने मौका गुमायो …

बार्सिलोनाका पुर्व प्रेसिडेन्ट जोसेप मारीया बार्टोमेउले हालै एउटा खुलासा गरेका छन। पिएसजी स्टार किलीयन एम्बापेलाई २०१७ मै साईन गर्ने मैका पाएता पनि औशामाने डेम्बेलेलाई साईन गरेको बताएका छन।बार्सिलोनामा २०१४ देखि २०२० सम्म छ वर्ष रहेका उनले, उनको पालामा क्लबलाई १ बिलियन भन्दा बढि रिन लागेको कुरा खुलाएका छन।

५८ वर्षिय बार्टोमेउका अनुसार इनियष्टा र नेमारको बहेरगमन पछि महँगो मुल्य तिरेर ल्याईएका फिलिपे कोउटिन्हो, ओशामाने डेम्बेले र एन्टोवान ग्रिजम्यानले उल्लेख्य खेल प्रस्तुत गर्न नसकेपछि बार्सिलोनाको खेल खस्किएको हो।

त्यसतै चरम रिनको दबाबमा परेर स्टार खेलाडि लियोनेल मेसीलाई फ्रिमा पिएसजीलाई बेचन बाध्य भएको को खेलको स्तर खस्किएको देख्न सकिन्छ।

रियल मड्रिडले निकै खोजी गरेका खेलाडी एम्बापेलाई २०१७ मा किन्ने मैका पाउँदा पनि कोचहरुले डेम्बेलेलाई प्राथमिक्तामा राखेपछि ठुलो मैका गुमेको उनी बताउँछन। उनी भन्छनः “मैले त एम्बापेलाई नै रोजेको थिएँ कोचहरुले जिद्दी गरेर डेम्बेलेलाई किन्न बाध्य भईयो”।

१३५ मिलियन युरोमा बार्सिलोना आएका डेम्बेले अधिकांश समय घाईते भएर मैदान भन्दा हस्पिटलमा धेरै रहेका थिए भने उनका राष्ट्रिय टिममेट रहेका एम्बापे भने मैदानमा जादु माथी जादु गर्दै आएका छन।

उनको भनाईमा युवा अवस्थामा सबै खेलाडीहरुले राम्रै खेल पस्कन्छन, कुन खेलाडी भविष्यमा गएर कति राम्रा या नराम्रा हुन्छन आँकलन गर्न गाह्रो हुन्छ।त्यसकारण आफुले गरेको निर्णयको फल कहिले राम्रो पाईन्छ त कहिले पछुताईन्छ।यो कुनै नौलो कुरा होईन। 

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८२०:०८

राफिन्हा: बिइल्साले तयार परेर ब्राजिललाई दिएको हतियार !