यदि यस संसारमा सबै भन्दा शक्तिशाली केहि चिज छ भने, ती तपाईको मुखबाट निक्लिएको शब्दहरु हो। शब्दलाई कसैले बाण त कसैले गुलाब भन्छन् । किनकी शब्द जति नरम हुन्छ, त्यतिनै तपाईको जीवनलाई नष्ट गर्ने शक्ति पनि राख्दछ। एउटा सानो शब्दले पनि तपाईलाई धेरै दु:खी तुल्याउन र संसारमा सबैभन्दा ठूलो खुसी दिन सक्छ।
मुखबाट निक्लिएको शब्द र विचारहरुले तपाईको भाग्य र व्यवहार निर्धारण गर्न ठूलो भूमिका खेल्ने गर्छ। यदि तपाई वास्तवमै जीवनमा सफल वा खुसी हुन चाहनुहुन्छ भने तपाईले यस्ता शब्दहरुलाई दिमागबाट हटाउनु पर्ने हुन्छ।
यो काम पछी गरौला
यदि तपाई वास्तवमै आफ्नो जीवनमा केहि प्राप्त गर्न चाहनुहुन्छ भने, काम मात्र गरेर हुदैन कलात्मक हुनु पनि आवश्यक हुन्छ। तपाईले आफ्नो सपनाहरुमा विश्वास गर्न आवश्यक छ। यदि तपाईले भोलि गर्छु भन्दै सबै छोड्नुभयो भने, विश्वास गर्नुहोस् सबैकुरा समाप्त हुनेछ।
मसँग विकल्प नै छैन
धेरै मानिसहरुले यही सोच्ने गर्छन् कि उनीहरुसँग कुनै विकल्प छैन। जबकि सत्य यो हो कि, यदि तपाई दु:खमा बाँचिरहनु भएको छ भने यो तपाईले नै छनोट गरेको जीवन हो। यदि तपाई यस्तो जागिरमा हुनुहुन्छ जहाँ तपाईको मन नै खुसी छैन भने पनि, तपाई आफैले आफ्नो परिवारका लागि काम गर्ने छनोट गर्नु भएको हो। त्यसैले यदि तपाई खुसी हुन चाहनु हुन्छ भने तपाइलाई के कुरा ले खुसी मिल्छ भन्ने कुरा तपाईलाई नै थाहा हुन्छ। त्यसैले यी सबै कुरा तपाईमा नै निर्भर गर्दछ कि तपाई आफ्नो जीवन कसरी बिताउन चाहनुहुन्छ।
शायद म नै गलत थिए
अरु व्यक्तिलाई यति धेरै पनि स्वतन्त्रता वा अधिकार नदिनुहोस् कि उनीहरुले नै तपाईलाई अन्योलमा पार्ने साहस गरोस्। तपाईका लागि के सही वा के गलत भन्ने कुरा तपाईलाई मात्रै थाहा हुन्छ । तपाईको भित्री आवाज कसैको हिसाबले काम गर्दैन। तपाई आफ्नो अधिकारको लागि आफै लाग्नु पर्दछ। यदि तपाईले लिनु भएको निर्णय गलत नै प्रमाणित भए पनि, तपाई खुशी हुनुपर्दछ कि तपाईले आफ्नोलागी केहि सोच्नु भएको थियो – जुन दुर्भाग्यवश पुरा हुन सकेन।
यो काम हुन सक्दैन
यदि तपाईको दिमागमा कुनै योजना आएको छ भने, यसलाई साकार गर्ने कोशिस गर्नुहोस्। केवल मानिसहरुले के भन्छन् भनेर सोच्ने र डराउने गर्नुहुदैन। यस प्रकारको डरले आफ्नो सपना नत्याग्नुहोस्। पछिको बारेमा सोचेर तनाव लिनु भन्दा आफ्नो मनमा लागेको काम गर्नुपर्छ। आफुलाई विश्वास गर्नु सबै भन्दा ठूलो कुरा हो।
आई हेट यू
जो व्यक्तिलाई तपाई घृणा गर्नुहुन्छ, त्यस व्यक्ति तपाईको मन र दिमागमा स्थायी रुपमा बास गर्ने गर्दछ। जुन तपाईका लागि अनावश्यक समस्या बन्छ सक्छ। संसारमा बिभिन्न किसिमका मानिसहरु हुने गर्छन्। कोहि तपाईका लागि प्रिय हुन्छ भने कोहिले तपाईको जीवनलाई नराम्रो असर पुर्याइरहेको हुन्छ। उनीहरुलाई घृणा गर्नु भन्दा, तपाई आफै उनीहरुबाट टाढा जानु नै तपाईको लागि राम्रो हुन्छ।
म गर्न सक्दिन
जब तपाईको मनमा सम्बन्धित काम गर्न सक्नुहुन्न भन्ने सोचाइ आउछ भने, दुनियाको कुनै शक्तिले पनि तपाईलाई त्यो काम गराउन सक्दैन। सुरु नगरी पहिला नै हार मान्नु कुनै समस्याको समाधान होइन। आफुले आफुलाई विश्वास नगरुन्जेलसम्म अरुले पनि तपाईलाइ बिस्वास गर्दैनन्। केवल तपाईको अनुसार काम भएन भन्दैमा यो होइन कि तपाई केहि गर्न सक्नुहुन्न।
मेरो समय बितिसक्यो
स्पष्ट रुपमा समयले कसैलाई पर्खंदैन, तर समय त्यति धेरै चाँडो पनि बित्दैन। समयले सबैलाई आफुलाई प्रमाणित गर्ने धेरै अवसरहरु दिने गर्दछ। तर सहि समयमा त्यस अवसरको उपयोग कसरी गर्ने भन्ने कुरा तपाईमा भर पर्छ। त्यसैले केहि अधुरो सपना छ भने अहिले नै पुरा गर्नुहोस्।