रोनाल्डोलाई जाभीको झटारो-“अरुले तपाईं भनुन कि नभनुन्, आफैं मपाई भन्ने ?”

२०१७ मा जब क्रिस्टियानो रोनाल्डोले संसारलाई घोषणा गरे कि उनी संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, पूर्व बार्सिलोना कप्तान जाभी त्यस कुरामा सहमत भएनन् र सार्वजनिक रूपमा भने।

आफ्नो पाँचौ बालोन डी’ओर को सफलताको केहि समय पछि, तत्कालीन रियल म्याड्रिड स्टारले फ्रान्स फुटबललाई भने,”म अरु कोहि म भन्दा राम्रो देख्दिन। मैले गर्न नसक्ने चीज कुनै खेलाडीले पनि गर्न सक्दैनन्। तर अरु खेलाडीले मैले गर्ने कतिपय चीज पनि गर्न सक्दैनन्। म भन्दा बढी पूर्ण खेलाडी कोहि छैन। म इतिहासको उत्कृष्ट खेलाडी हुँ – राम्रो र खराब पलहरू दुबै समयमा।”

तर लामो समय रोनाल्डोका प्रतिद्वन्दी लियोनल मेस्सीसँग खेलेका स्पेनिस मिडफिल्डर जाभीलाई भने रोनाल्डोको यो कुरा पचेन। टोट कोस्टा डे क्याटालुनिया रेडियोसँग कुरा गर्दै जाभीले भने: “क्रिस्टियानोको तुलनामा मेस्सीले धेरै चीज गर्दछन्। यदि क्रिस्टियानोले आफूलाई इतिहासकै उत्कृष्ट खेलाडी ठान्छन् भने ठिक छ, तर हामीमध्ये जसले मेस्सीलाई ट्रेनिङ गरेको देखेका त्यसको छौं, उनीसँग कुनै खेलाडीको तुलना गर्नै मिल्दैन। मेस्सी इतिहासकै उत्कृष्ट हुन्।”

रोनाल्डो र मेस्सी बीच को उत्कृष्ट खेलाडी भनेर निकै लामो समयबाट चर्चा चल्दै आएको छ। आधुनिक पुस्ताका दुई सार्वाधिक सफल त सर्वश्रेष्ठ खेलाडी रहेका मेस्सी र रोनाल्डो बीच तपाईंको नजरमा को उत्कृष्ट हुन् त ?

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१०:२२

मेस्सीको दादागिरी: पीएसजीबाट यस खेलाडीको पत्ता साफ गर्ने मुडमा, क्लबलाई दबाब दिँदै !