देशभर कोरोना संक्रमण हुनेको सङ्ख्या ९ लाख भन्दा माथि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ७७६  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ०९ हजार ७२९ पुगेको छ भने एन्टिजेन विधिबाट ९४ हजार ११८ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार २८४ जनाको पिसिआर परीक्षण तथा २ हजार २२२ ५८० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ६७३ तथा एन्टिजेनबाट १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४३ लाख ७६ हजार ७९६ जना पुगेको छ । हालसम्म ७ लाख ८८ हजार ८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५०१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९७ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार ३६० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ३६१  पुगेको छ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१६:५८

वर्षाले तरकारी खेतीमा क्षति, किसानको रुवाबासी