विवादको भूमरीमा न्यायालय : मुद्दा हेन नछाड्ने राणाको अडान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा बिहीबार राख्छु ।’ बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले अहिले केही भन्दिनँ, मेरा सबै कुरा बिहीबार राख्छु,’ प्रधानन्यायाधीश जबराले भनेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले बिहीबार पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

यता बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन अपिल गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराइएको छ ।

संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको नागरिक आन्दोलनको भनाइ छ । नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिर्जना भएको उल्लेख गरेको छ ।

आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधि सभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ । न्यायपालिका सुधार गरी जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ समेत सम्बद्ध सबै पक्षहरूसँग आन्दोलनको आह्वान गरेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८०८:३३

चरण-चरणमा हुने भयो निर्वाचन !