मेस्सी र रोनाल्डिन्हो बीचको त्यो भावनात्मक पुनर्मिलन … [तस्विर सहित]

एजेन्सी – पेप ग्वार्डियोलाले रोनाल्डिन्होलाई पक्कै पनि आवश्यक भन्दा छिटो बार्सिलोनाबाट निकाले। बार्सिलोनाको स्क्वाडमा विभिन्न परिवर्तन ल्याउनका लागि उनले त्यो कदम उठाएका थिए। लियोनेल मेस्सीले रोनाल्डिन्होसँग तीन वर्ष भन्दा बढी खेल्ने मौका पाएका थिए।

तीन वर्ष, चार महिना र २१ दिन अथवा १२ सय ४० दिन मेस्सी र रोनाल्डिन्हो सँगै खेलेका थिए। पेप ग्वार्डियोलाले कठोर निर्णय नलिएको भए पक्कै पनि यी दुईलाई एक साथ देख्न पाइन्थ्यो। तर त्यस्तो हुन सकेन। रोनाल्डिन्होसँग मात्रै तीन वर्ष खेलेपनि मेस्सीको करियरमा ठूलो छाप परेको थियो। भन्ने हो भने मेस्सीको विकासमा रोनाल्डिन्होको ठूलो भूमिका थियो।

सन् २००५ को मे १ का दिन मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए। मेस्सीको पहिलो गोल नै रोनाल्डिन्होको देन थियो। रोनाल्डिन्होकै असिस्टमा मेस्सीले गोल गरेका थिए। करियरको शुरुवातमा रोनाल्डिन्होसँग धेरै कुरा सिक्न पाएका कारण मेस्सी रोनाल्डिन्होलाई सम्मान मात्र होइन प्रेम पनि गर्छन्।

रोनाल्डिन्हो मेस्सीका नजिकका मित्र पनि हुन्। उनिया नजिकका मित्रसँग मेस्सीको केहि समय अगाडी भेट भयो। च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आरबि लाइप्जिङको सामना गर्दा मेस्सी र रोनाल्डिन्हो बीच भेट भएको थियो।

बार्सिलोना जानु अगाडी रोनाल्डिन्होले पिएसजीमा खेलेका थिए। जसकारण आरबि लाइप्जिङ विरुद्धको खेलमा रोनाल्डिन्होलाई सम्मानित गरिएको थियो। खेल अगाडी रोनाल्डिन्हो र मेस्सी बीच कुराकनी समेत भएको थियो।

भेटपछि रोनाल्डिन्होले मेस्सीलाई आफ्नो शुरुवाती क्लबमा देख्दा खुशी लागेको सामाजिक संजाल मार्फत बताएका थिए। त्यसक्रममा उनले मेस्सी कहिल्यै बार्सिलोना छाड्छन् होला भन्ने नलागेको पनि बताएका थिए।

“मैले युरोपमा सुरु गरेको क्लबमा मेस्सीलाई देख्दा धेरै खुशी लाग्यो। यस्तो हुन्छ र मैले मेस्सीलाई बार्सिलोना बाहिर देख्छु होला भनेर कहिले पनि सोचेको थिइन।”,मेस्सीलाई भेटेपछि रोनाल्डिन्होले सामाजिक संजालमा लेखेका थिए,”मलाई उनको करियर बार्सिलोनामै बित्छ लागेको थियो।”

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८११:२९

लिभरपुलको योजनामा नेयमार भिलेन, कडा झड्काको तयारीमा पिएसजी !