तपाईहरु पनि अपनाउनुहोस् बास्तुका यी टिप्सहरु , जसले घरमा हुनेछ सुख , सम्पति र लक्ष्मीको बास

एजेन्सी , हामी सबैले घरमा  चाहने एकै कुराहरु हुन्छन ति हुन् सुख ,समृद्धि जसका लागि हामी  हरदिन संघर्ष  गरिरहेका हुन्छौं।  तर कहिले  कहिँ वास्तु शास्त्र र धर्म कर्मामा आधारित भएर घर निर्माण गर्नाले घरमा  झगडा पर्ने , तथा धनको अभाव हुने गर्दछ। यसको लागि जिम्मेवार घर वरपरका केहि चिजहरु पनि हुन सक्छन। त्यसैले  यी सबै समस्याबाट मुक्ति चाहनुहुन्छ भने याद गर्नुहोस घरको  मुख्य ढोका अगाडी यी कुराहरु भुलेर पनि राख्दै नराख्नुहोस ;

-यदि घरभन्दा अगाडी  फोहोर पानी छ भने त्यसलाई तत्काल हटाई हाल्नु  पर्दछ। यसले रोग लग्नाका साथै धनको नाश हुने सम्भावना समेत हुन्छ।

-घरको अगाडी बिजुलीको खम्बा छ भने त्यसलाई तुरुन्तै हटाईहल्नुहोस किनकि यसले उन्नति प्रगतिमा बाधा पुर्याउछ।

-घरको अगाडीआँक जस्ता बिरुवा रोप्नु हुदैन किनकि यसले शारीरिक तथा मानसिक   कष्ट बढाउछ।

-यदि घरकोअगाडी  काँडेदार  बिरुवा उम्रिएको छ भने त्यसलाई तत्कालै  हटाईहाल्नु पर्छ नत्र पारिवारिक मतभेद बढ्नुका साथै शत्रुको पनि वृद्धि भएर जानेछ।

-घरकोअगाडी यदि ढुंगाहरु थुपारिएका छन भने त्यसले जीवनमा सफलता हात पर्न दिदैन र जीवनमा अनेक बाधा उत्पन्न गर्न सक्छ त्यसैले ति ढुंगालाई तत्काल हटाईहाल्दा  राम्रो हुनेछ।

– घरको  अगाडी फोहोर फाल्नु या डस्टविन राख्नुलाई पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ।  यसमा  वस्तु दोष हुने गर्दछ , र जीवनमा अनेक प्रकारका बाधाहरु खडा हुन   सक्छ।

 

 

प्रकाशित : शुक्रबार, जेठ २४, २०७६१२:३०

सपनामा जनावर देख्नुको अर्थ के हो ? जान्नुहोस !