धेरै नै ढिला छन् यी खेलाडी, कुद्नै सक्दैनन् ! सबै भन्दा ढिला को ?

एजेन्सी – आधुनिक फुटबलमा पेस अथवा गतिलाई एक खेलाडीको महत्वपूर्ण विशेषताको रुपमा लिइन्छ। जो मैदानमा छिटो कुद्न सक्छ, उसैले नै पलमा पकड राख्ने देखि गोल सम्म गर्न सक्ने बढी सम्भावना हुन्छ।

निस्सन्देह, खेलाडीहरुको गति युवा अवस्थामा धेरै हुन्छ। तर समयसँगै खेलाडीहरुको गति कम हुँदै जान्छ। त्यस्तो अवस्थामा खेलाडीहरु आफ्नो खुबीको भर पर्छन् र कम कुदेर पनि टीमलाई महत्वपूर्ण योगदान दिन्छ। हालको अवस्थामा सबै भन्दा कम कुद्ने खेलाडीहरुका बारेमा केहि चर्चा निम्न छ।

ज्लाटन इब्राहिमोभिक

४० वर्षको उमेरमा पनि ज्लाटन धेरै राम्रो फुटबल खेलिरहेका छन्। गएको सिजन ज्लाटन एसी मिलानका लागि महत्वपूर्ण खेलाडी सावित भएका थिए। उनले २७ खेल खेल्दा मिलानका लागि १७ गोल गरेका थिए भने ३ असिस्ट पनि दिएका थिए। तर पछिल्लो समय ज्लाटनको गति कम हुँदै गएको छ। ज्लाटन वर्तमान अवस्थामा कम कुद्ने खेलाडीहरु मध्येमा पर्छन्। तर उनको गोल गर्ने क्षमतामा भने कुनै ह्रास आएको छैन।

.

सर्जियो बुस्केट्स

सर्जियो बुस्केट्सले गएको कयौं वर्ष देखि मिडफिल्डबाट खेल नियन्त्रण गर्न पेसको आवश्यकता नपर्ने पुष्टि गरिसकेका छन्। खसी पेस नभएपनि मिडफिल्डबाट खेल नियन्त्रण गर्ने क्षमता उनी राख्छन्। जाभी र एन्ड्रेस इनिएस्टा जस्ता खेलाडीको सहकर्मी बनेर मिडफिल्ड सम्हालेको अनुभव उनीसँग छ। बुस्केट्सको गति पछिल्लो समय पहिला भन्दा पनि कम भएको छ। हालको अवस्थामा उनी युरोप फुटबलकै कम पेस भएका खेलाडीमा पर्छन्।

सर्जियो बुस्केट्स

सर्जियो बुस्केट्सले गएको कयौं वर्ष देखि मिडफिल्डबाट खेल नियन्त्रण गर्न पेसको आवश्यकता नपर्ने पुष्टि गरिसकेका छन्। खसी पेस नभएपनि मिडफिल्डबाट खेल नियन्त्रण गर्ने क्षमता उनी राख्छन्। जाभी र एन्ड्रेस इनिएस्टा जस्ता खेलाडीको सहकर्मी बनेर मिडफिल्ड सम्हालेको अनुभव उनीसँग छ। बुस्केट्सको गति पछिल्लो समय पहिला भन्दा पनि कम भएको छ। हालको अवस्थामा उनी युरोप फुटबलकै कम पेस भएका खेलाडीमा पर्छन्।

जोर्गिन्हो

बालोन डी’ओरको मुख्य दाबेदार समेत रहेका जोर्गिन्हो मैदानमा धेरै नै कम कुद्छन्। उनको पेस एकदमै कम छ। तर पनि उनले यस वर्ष च्याम्पियन्स लिग देखि युरो कम सम्म जित्न सफल भए। पेस कम भएपनि उनी ‘स्मार्ट’ फुटबल खेल्छन्। उनी हालको अवस्थामा धेरै ढिला कुट्ने खेलाडी पक्कै होलान्, तर खराब खेलाडी भने होइनन्।

टोनी क्रुस

टोनी क्रुस पछिल्लो दशकका सबै भन्दा सफल खेलाडी हुन्। क्रुसले फुटबलमा जित्न सम्भव सबै उपाधि जितेका छन्। विश्वकप देखि च्याम्पियन्स लिग सम्म जितेका उनले करिब एक दशक मिडफिल्डमा राज नै गरे। जर्मनी र रियल म्याड्रिडमा उनले जुन योगदान पुर्याएका छन्, त्यसको चर्चा आउने कयौं वर्ष सम्म हुनेछ। तर पछिल्लो समय उनको पेस भन्दा कम हुँदै गएको छ। तर कम भएको पेसलाई उनी प्राविधिक क्षमताले ओझेलमा पार्छन्।

थोमस मुलर

थोमस मुलर ती खेलाडीहरुको सूचीमा पर्छन्, जो सुन्दर फुटबल सहज तरिकाले खेल्छन्। मुलर विश्वकै सबैभन्दा ‘भर्सटाइल’ खेलाडी मध्येमा पर्छन्। उनी फ्रन्टलाइनको कुनै पनि स्थानमा खेल्न सक्छन्। लामो फुटबल करियरमा धेरै सफलता हाँसिल गरिसकेका उनको पेस भने समयसँगै घट्दै गएको छ। पछिल्लो समय उनको गति झनै घटेको छ। तर उनले फुटबल मैदानमा गज्जबको खेल प्रदर्शन गर्न भने छाडेका छैनन्। गएको सिजन उनले सबै प्रतियोगिताहरूमा ४६ खेल खेल्दा १५ गोल गर्दै २४ असिस्ट दिए।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१४:०६

“रोनाल्डोसँग सलाहको तुलना गर्न मिल्दैन, सलाह रोनाल्डोको छेउ-छाउ पनि पुग्न सक्दैनन्”