यी राशिका लागि विशेष रहनेछ कार्तिक १९ गते सम्मको समय, मिल्नेछ लक्ष्मीको कृपा !

मेष (चु चे चो ला लि लु ले लो अ)

सुरुमा बाधा आउँछन् तर अलिकति परिश्रम थपेमा गरेका काम बन्नेछन् । व्यापारको क्षेत्रमा राम्रै प्रगति देखिन्छ । वादविवाद पर्दा तपाईंकै विजय होला । मित्रवर्गबाट गतिलै सहयोग पाइने सम्भावना छ । जागिरतिर हानि हुने स्थिति छैन ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

स्वास्थ्यसम्बन्धी समस्या सुरुमा परेर लक्ष्य पूरा गर्न केही बाधा होला कि जस्तो छ तर त्यो बाधालाई निर्मूल पार्न सक्ने ग्रहस्थिति पनि छ । परिवारबाट त्यति ठूलो मद्दतको आस नगर्नुहोस् । आफ्नै परिश्रम र बुद्धिले सबै काम भ्याउनु पर्नेछ । नारायणको दर्शन गरेमा निकै कल्याण होला ।

मिथुन (का कि कु घ ङ छ के को हा)

खर्च गरेपछि मात्रै काम बन्नेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । मुखबाट वाणी निकाल्दा अत्यन्त संयमित हुनुहोस् नत्र हिजोसम्मका मित्रसमेत तपाईंको विपक्षमा जान सक्छन् । बगलामुखीको आराधनाले ती बाधा हट्न सक्छन् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

खर्च भई नै रहला । त्यसलाई नियन्त्रण गर्न गाह्रो छ तर राम्रो काममा नै खर्च गर्नुपर्नाले मनमा खिन्नता भने हुने छैन । परिवारको आवश्यकता पूरा गर्नसमेत अत्यधिक खर्च होला । स्वास्थ्यसम्बन्धी समस्या आउनसक्ने भएकाले भगवतीको दर्शन गर्नुहोस् ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

साता राम्रै खालको छ । सुरुमा इष्टमित्रसँग भेटघाट हुने र भोजभतेरमा समेत सम्मिलित हुने अवसर मिल्नेछ । परम्परालाई धान्न पनि खर्च गर्नुपर्ने बाध्यता भने परिरहला । व्यक्तित्वको राम्रो विकास हुनेछ । शैक्षिक खाले काममा भने हाल विश्रामको चिह्न नै लागेको छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

खर्च बढी गरिएला । राम्रो काममा नै खर्चको स्रोत जाने छ । व्यावसायिक कामबाट त्यसलाई परिपूर्ति गर्न सकिने देखिन्छ । जागिरको मात्रै भरले आवश्यकता पूरा होलाजस्तो छैन । पीपलमा जल चढाइरहनुहोस् र बगलामुखीको दर्शन गर्न पनि नछोड्नुहोस् ।

तुला (रा रि रु रे रो ता ती तू ते)

ससानो कुराले पनि मनमा डर लाग्ला । त्यसैले ठूला खाले निर्णय गर्न विलम्ब हुनेछ । जागिरको काममा अलिकति बाधा तेर्सिन सक्छ । शनिश्चरको आराधना गरे मात्र त्यसलाई हटाउन सकिएला । पेटमा गडबढी भई नै रहला । आर्थिक स्थिति भने त्यति नराम्रो खालको छैन ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

खर्च घटाउन नसकिए पनि सातालाई नराम्रो भन्न मिल्दैन । गरेका र अाँटेका धेरै काम बन्नेछन् । नयाँ खालको ज्ञान प्राप्ति हुनेसमेत सम्भावना छ । जागिरबाट नै राम्रो भरोसा मिल्न सक्ला । वैदेशिक व्यापारबाट विशेष लाभ लिन सकिएला ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

सुरुमा काम बिग्रेला कि भन्ने डर लाग्ला तर त्यस्तो हुने छैन । अलिकति मात्र परिश्रम बढाएमा अल् ́न लागेको काम पनि बन्ने छ । बौद्धिक स्थिति राम्रो खालको रहला । गर्जो टर्ने खालको आम्दानी भई नै रहनेछ । शिक्षाको क्षेत्रमा तपाईंले गरेको लगानीले राम्रै फल दिनेछ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

१७ गतेसम्मका दिन त्यति राम्रा छैनन् । गरेका काममा बाधा आउनुका साथै मनमा खिन्नता भइरहला । सानोतिनो चोटपटकसमेत लाग्न सक्छ । परिवारका लागि खर्च बढ्ला । १८ र १९ गते भने राम्रा खालका छन् । पीपलमा नित्य जल दान गर्नाले समस्या टार्न मद्दत हुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

आधा काम बन्ला भने आधा बाँकी नै रहला । बाधा दिने तìवहरू बिस्तारै पन्छन लागेका छन् तर अलिकति तुस भने बाँकी नै छ । गणेशको आराधनाले मात्र त्यसलाई समाप्त गर्न सकिएला । हाललाई सबैभन्दा राम्रो ग्रह बुध भएकोले केही फाइदा हुने कामसमेत हातमा पर्न सक्छ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

आर्थिक स्थिति मध्यम खालको मात्र रहला । सोचेको जति फाइदा पाउन गाह्रो छ । बरु परिश्रमलाई अध्ययनको क्षेत्रमा लगाउनुभयो भने केही नयाँ खालको ज्ञानसमेत प्राप्त गर्नुहुनेछ । स्वास्थ्य मध्यम छ । नित्य गणेशको दर्शन र आराधना गर्नुहोस्, त्यसैले तपाईंलाई धेरै टेवा दिनेछ ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८०८:१७

भोलि कार्तिक १४ गते आईतबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !