यसकारण आगामी हप्तादेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने!

काठमाडौँ,  आगामी हप्तादेखि ‘मुन्द्रेको कमेडी क्लब’ को प्रशारण बन्द हुने भएको छ । नेपाल टेलिभिजनमार्फत डेढ बर्ष भन्दा बढी समयदेखि प्रशारण हुदै आएको यो शो आउँदो हप्ता प्रशारण भएपछि बन्द हुने भएको हो।

 यस शोका संचालक तथा चर्चित हाँस्य कलाकार जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएपछि केही समय विश्राम लिएर  नयाँ शो दर्शकमाझ ल्याउने जनाएका छन्।

यस शोक निकै नै चर्चित पात्र ‘फुलन्देकी आमा’ अर्थात् कलाकार उमेश राईले  डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’ को होेस्ट बन्ने पक्का भएपछि  जितुले यस शो बन्द गर्ने निर्णय गरेका हुन् । दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुनसक्ने भएकोले जितुले आफ्नो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१८:४२

प्रहरीले झापड हानेपछि डान्सर सुशान्त खत्री रुदै लाइभमा!