कुनैपनि व्यक्तिको लागी घर आनन्द दिने ठाउँ हुने गर्दछ । घरमा सुख-समृद्धि आउने सिधा सम्बन्ध घरमा राखिएको वस्तुबाट पनि हुने गर्दछ । कैयौ पटक यस्तो हुन्छ जब हामी जानी-नजानि केहि यस्तो वस्तु घरमा राख्ने गर्छौं, जसको कारणले देवी लक्ष्मी रिसाउने गर्दछिन् र धन हानि हुन थाल्दछ । वास्तु शास्त्रअनुसार घरमा यस्ता वस्तुहरु हुनुहुदैन ।
१. घरमा बन्द अथवा बिग्रिएको घडीलाई राम्रो मानिदैन । यसले नकरात्मक उर्जालाई बढाउने गर्दछ । त्यसैले धनको नोक्सान हुनबाट बच्नको लागी बन्द घडीलाई ठिक गर्नु जरुरी रहेको छ ।
२. घरमा मन्दिर बिशेष हुने गर्दछ । कहिले पनि घरको मन्दिरमा कुनैपनि देवी-देवताको मूर्ति आमने-सामने राख्नु हुदैन । यदि छ भने यसबाट समस्याहरु बढ्ने गर्दछ र धन हानि हुन सक्छ ।
३. घरमा कहिले पनि फुटेको सिसा राख्नु हुदैन । यसबाट नकारात्मक उर्जा आउन थाल्दछ र आर्थिक नोक्सान पनि बढ्ने गर्दछ ।
४. फुटेको, चर्केको मूर्तिलाई पनि राख्न हुदैन । यसबाट घरमा दरिद्रता आउने गर्दछ । यस्तो खालको मूर्तिहरुलाई नदी या पोखरीमा प्रवाहित गर्दा राम्रो हुन्छ ।
५. घरमा काडाँ भएको बोट-विरुवाहरु राख्न हुदैन । यसले घरमा तनाव पैदा गराउछ ।

