जब तपाई कुनै व्यक्तिसँग प्रेममा पर्नुहुन्छ, उसको हरेक क्रियाकालाप तपाईलाई राम्रो लाग्नु स्वाभाविक कुरा हो। तपाईलाई आफ्नो प्रेमीको हरेक कुराहरु राम्रो लाग्ने गर्छ। आज भोली बिवाह अगाबै युवा युवती बीच प्रेम सम्बन्ध रहने गर्छ। यस्ता केही सम्बन्धहरु बिहेमा परिणत हुन गर्छन भने केही छोटो समयमानै अलग हुने गरेको पाईन सकिन्छ। यदि तपाइँ कसैको प्रेममा पर्नुभएको छ र त्यो प्रेमलाई जीवन्त बनाउन चाहानुहुन्छ भने ज्योतिषशास्त्रले भनेको कुरामा पनि बिश्वास गर्नु पर्ने हुन्छ ।
कुनै पनि व्यक्तिको प्रेम वा विवाहमा समेत राशीले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। राशि मेल खान नसक्दा पनि तपाईको प्रेम वा विवाह असफल हुने गर्दछ। आज हामी तपाईहरुलाई प्रेम र विवाहमा मेल नखाने राशीको बारेमा जानकारी दिन जाँदै छौँ।
मेष र वृष : मेष र वृष राशीका व्यक्तिहरुको स्वभाव एक अर्कामा फरक पर्ने गर्छ। मेष राशिको स्वामी मंगल हुने गर्दछ जसको कारण मेष राशि हुनेहरु ऊर्जाले भरिएका हुन्छन् भने वृष राशि हुनेहरु भावुक र संवेदनशिल प्रकृतिका हुने गर्छन् । यसका कारण यी राशीका व्यक्तिहरुको प्रेम सम्बन्ध राम्रो हुन् सक्दैन र विवाह भईहाले पनि सम्बन्धमा फाटो आउन सक्छ।
कर्कट र मकर राशी : यी दुवै राशीका व्यक्तिहरु जिद्दी स्वभावका हुने भएकाले यिनीहरु बीचको हरेक कुरामा मतभेद हुने गर्छ। कर्कट र मकर राशीका व्यक्तिहरु केही समयको लागि मिल्न सक्ने भएपनि छोटो समयमानै फाटो आउने गर्छ। त्यसैले प्रेम वा बिहे गर्दा राशीको ठूलो महत्व रहने गर्छ। यी दुई राशिका व्यक्तिहरु मिलेर गरेका केही कार्य मुस्किलले सम्पन्न भएपनि धेरैजसो अधूरोनै रहने गर्छ। त्यसैले यिनीहरु दुई विचमा सम्बन्ध नराख्नु नै बेस हुन्छ।
वृश्चिक र मिथुन राशी : वृश्चिक राशीका व्यक्तिहरु निकै रहस्यमयी र गम्भीर स्वभावका हुन्छन भने मिथुन राशी भएकहरु हँसिलो र हाँसीमाजक गर्ने स्वभावका हुनेछन। यी दुई राशीका व्यक्तिहरु बीचको सम्बन्धले उनीहरुलाई मात्र नभई घर वा समाजका अन्य व्यक्तिमा समेत समस्या बन्ने गर्छ।
धनु र वृष राशीः यी दुई राशीका व्यक्तिहरुले एक अर्काको भावना बुझ्न नसक्ने भएकाले पनि यिनीहरु बीचको सम्बन्ध खास बन्न सक्दैन। यिनीहरु दुई बीचको सम्बन्धमा दनिकै जसो वादविवाद समेत आउने हुँदा फाटो हुने सम्मको समस्या हुन् सक्छ।यिनीहरु छोटो समयमानै एकअर्काबाट टाढा हुन् बाध्य हुने गर्छन।
वृष र सिंह राशीः सिंह राशीका व्यक्तिहरु निकै शंकालु स्वभावका हुने हुने गर्छन भने वृष राशीका व्यक्तिहरु निकै रिसालु हुन्छ। यस कारण एक अर्काको भावना बुझ्न र बुझाउन नसक्ने हुँदा यी दुई राशी बीचको सम्बन्धमा निकै समस्या आउने गर्छ र प्रेम वा वैवाहिक सम्बन्ध राम्रो हुन् सक्दैन। यी राशीका महिला वा पुरुषलाई आफ्नो सम्बन्ध लामो समयसम्म टिकाउन मुश्किल पर्ने गर्छ।
धनु र मकर राशी : मकर राशी भएका व्यक्तिहरु सफलता हँसिल गर्ने उदेश्यले योजनावद्ध रुपमा काम गर्न रुचाउने गर्छन भने धनु राशिका व्यक्तिहरु क्षणीक लाभ हेर्ने र मकर राशीको तुलनामा ठिक विपरित कार्य गर्दछन्। धनु राशीका व्यक्तिहरु जिद्दी स्वभावका हुने भएकाले पनि यी दुई राशी भएका व्यक्तिहरु प्रेम सम्बन्धबाट छिट्टै टाढा हुनुपर्ने अवस्था आउने यिनीहरु बीच आर्थिक विषयमा दैनिक जसो वादविवाद हुने देखिन्छ।
वृष र मिथुन राशीः वृष र मिथुन राशीका व्यक्तिहरुको स्वभाव एक अर्कामा फरक पर्ने गर्छ। वृष राशी भएका व्यक्तिहरु भावुक र संवेदनशिल प्रकृतिका हुने गर्छन् भने मिथुन राशीका व्यक्तिहरु हरेक कुरालाई हाँसी मजाकमा बनाउने गर्छन । यसका कारण यी राशीका व्यक्तिहरुको प्रेम सम्बन्ध राम्रो हुन् सक्दैन र विवाह भईहाले पनि सम्बन्धमा फाटो आउन सक्छ। यिनीहरु बीच धनको विषयमा हरेक दिन विवाद हुने गर्छ।