एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाको माथि बुधबार ४–१ को जित हासिल गर्दै लिग १ वामा ८ अंकको अग्रता लिएको छ ।
३–३ को बराबरी खेलेको ३ दिन पछि भएको अर्को खेलमा पिएसजीलाई जित दिलाउन मोकाकोका पूर्व स्टार केलियन एमबाप्पेले २ र नेयमारले पेनाल्टीमा एक गोल गरे ।
दोस्रो हाफमा परिवर्तन भएका पाब्लो सर्बियनले पनि पिएसजीका लागि अर्को गोल थपेका थिए । टिमेउ बाकायोकाले गोल फर्काएपनि त्यो सात्वनामा सिमित भएको थियो ।
२० खेलपछि शीर्षस्थानको पिएसजीको ४९ अंक पुगेको छ । दोस्रो स्थानको ओलम्पिक डि मार्सेलीको ४२ अंक छ । तेस्रो स्थानको टोली मार्सेली भन्दा ५ अंकले पछाडि छ । २९ अंकसहित मोकाको नवौं स्थानमा छ ।