मन्दिरको परिक्रमा किन गरिन्छ ? जानीराखौ, धार्मिक तथा बैज्ञानिक कारण !

अधिकांश हिन्दु धर्मावलम्बीहरु  देवी देवताको आशिर्वाद पाउनका लागि मठ मन्दिर धाउने गर्छन। यसका साथै मन्दिरमा गए पश्चात मन्दिरको चारै तर्फ परिक्रमा समेत गर्ने गरेका छन। यसको पछाडी पनि  धेरै बैज्ञानिक तथा धार्मिक रहस्य लुकेको छ।  आखिर मन्दिरमा किन परिक्रमा गरिन्छ त ? आउनुहोस एकैछिन चर्चा गरौँ

 घरको सुख शन्तिको लागि

हिन्दु धर्म अनुसार मन्दिरको परिक्रमा गर्नुलाई शुभ मान्ने गरिन्छ।  धार्मिक शास्त्रका अनुसार मन्दिर तथा भगवानको वरिपरि परिक्रमा गर्नाले शरीरमा सकारात्मक उर्जा उत्पन्न भई घरमा पनि सुख शान्तिको वातावारण छाउने छ।

गणेशले गरेका थिए माता पिताको परिक्रमा

पौराणिक मान्यता अनुसार भगवान शिवले आफ्ना दुई पुत्रहरू गणेश र कुमारलाई पृथ्वी परिक्रमा गर्न लगाउदा गणेशले बुद्धिमत्ता पुर्वक माता पार्वती र पिता शिवलाई आफ्नो सर्वश्व सम्झेर परिक्रमा गरेका थिए।

जीवनमा खुसि पाउनका लागि

यस पश्चात भगवान गणेशले यस प्रतिष्पर्धाको विजय हासिल गरेका थिए। यसै कारणले गर्दा पनि मनिसहरुले हाल सम्म पनि माता पितालाई भगवानको अवतार मानी परिक्रमा गर्ने गरेका छन। यसो गर्नाले घरमा सुख समृद्धि पाउनका साथै जीवनमा सफलता पाउन सकिने बिश्वास  गरिन्छ।

परिक्रमा कुन दिशामा गर्ने

मन्दिरमा परिक्रमा गर्दा सधै घडीको सुईले चक्कर लगाउने दिशा तर्फ गर्नु पर्दछ। मान्यता अनुसार मन्दिरको परिक्रमा हमेशा बायाँ देखि दायाँ तर्फ़ गर्नु पर्दछ जुन क्रममा कसैसंग बोल्ने या कुरा कानी गर्नु हुदैन।  यस क्रममा भगवानको नाम उच्चारण गरि कम्तिमा पनि ८/९ पटक परिक्रमा गर्नाले उचित लाभ हुने देखिन्छ।

यस्तो छ बैज्ञानिक कारण

मन्दिरको परिक्रमा गर्नुको पछाडी धार्मिक मात्र नभई बैज्ञानिक कारण पनि जोडिएको छ। जसमामान्यता रहेकोछ कि जुन स्थानमा नियमित पुजा अर्चना हुने गर्छ उक्त स्थानमा सकारात्मक उर्जा विद्यमान रहेको हुन्छ। जब सकारात्मक उर्जा मानवमा प्रवेश गर्छ तब उनीहरुमा मानसिक शान्तिका साथ आत्मबल पनि बजबूत हुन्छ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८११:२९

सबै भन्दा खराब हुने गर्छन् यी ३ राशि भएका पतिहरु !