काठमाडौँ – गायिका आस्था राउतले प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।
बुधबार सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। प्रहरीको बोल्ने आचरण बारे प्रश्न उठाउँदै पोस्ट गरेको भिडियो भने उनले सामाजिक संजालबाट हटाइसकेकी छन्।
एक महिला प्रहरीले ‘तँ-तँ’ भन्दै बोलाएको भन्दै भिडियोमा ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता शब्द प्रयोग गर्दै प्रहरी संगठन विरुद्ध खनिएकी राउतको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
भिडियो भाइरल भएसँगै आलोचना बढेपछि गायिका राउतले सामाजिक संजाल मार्फत माफी मागेकी छन्। आक्रोश पोख्द अनुपयुक्त शब्दहरू प्रयोग गरिएको प्रति उनले माफी मागेकी हुन्।
‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो। अनुपयुक्त शब्दहरूको लागि क्षमा चाहन्छु।”,आलोचना पछि माफी माग्दै राउतले फेसबुकमा लेखेकी छन्।
माफी माग्दै उनले प्रशासनको काम प्रति आफ्नो सदैव सम्मान भएपनि सर्वसाधारणहरुसँग तुत्क्ष व्यवहार गर्न नमिल्ने दोहोर्याएकी छन्। तँ तँ र म म बन्द गरेर सम्मान दिने र लिने काम गर्नु पर्ने उनको बुझाई छ।
“प्रशासनको कामहरु प्रति सँधै नै सम्मान छ तर सर्वसाधारणहरुसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस् । तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमि नरहोस् 🙏🏼 Give Respect Take Respect 🙏🏼”,फेसबुकमा राउतले लेखेकी छन्।