काठमाडौँ – तिहार सकिएलगतै सुनको मूल्य बढेको छ। तिहार अगाडी केहि सस्तो भएको सुनको मूल्य मङ्सिर महिना नजिकिँदै गर्दा बढेको ०
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन लगभग २ हप्ताकै महँगो
पछिल्लो वृद्धिसँगै सुन लगभग २ हप्ताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य कार्तिक ९ गते अर्थात १३ दिन यताकै महँगो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु २५ ले बढेर १ हजार २ सय ५० रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

