२०२२ मा शनिले आफ्नो चाल परिवर्तन गर्दै , यी ८ राशिले रहनुपर्नेछ सावधान !

सबै ग्रहमा शनिदेव विस्तारै गति चल्ने ग्रह हो। यो कुनै एक राशिमा डेढ वर्षसम्म रहन्छ।  जसकारण यो सबैभन्दा लामो समयसम्म रहन्छ। शनिको राशि परिवर्तनले धेरै महत्व हुन्छ। शनिले एक साथ ५  राशिमा प्रभाव पार्छ। थाहा पाउनुहोस् अब कहिले शनिले राशि  परिवर्तन गर्न गईरहेको छ र कुन राशिमा यसको प्रभाव रहनेछ।

शनि अहिले मकर राशिमा प्रवेश गर्दैछ।  शनि २४ जनुअरी २०२० देखि यो राशिमा रहिरहेको छ। शनि मकर राशिमा भएर ५ राशिमा यसको प्रभाव परेको छ। धनु, मकर र कुम्भ राशिमा शनिको साढेसाती र  मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। ज्योतिषशास्त्र अनुसार जब शनिको साढेसाती चलिरहेको हुन्छ तब उसको जीवनमा समस्या आउँछ।

अब २०२२ सालमा शनिले राशि परिवर्तन गर्दैछ। २९ अप्रिल २०२२ मा शनि मकर राशिलाई छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिको कुम्भ राशिमा गोचरले मीन राशिका व्यक्तिमा शनिको साढेसाती सुरु हुनेछ। जबकि मकर राशि हुने व्यक्ति शनिको साढेसातीबाट मुक्त हुनेछ।मिथुन र तुला राशिबाट शनिको ढैय्या खतम हुनेछ।

ग्रह प्रायः मार्गीबाट वक्री र वक्रीबाट मार्गीमा रहन्छ।  जसकारण १२ जुलाई २०२२ मा शनि फेरि एक पटक वक्री चालबाट चल्न लाग्नेछ। जसकारण फेरिपनि मकर राशिमा शनिको साढेसाती आउनेछ। यस्तो अवस्था १७ जनुअरी २०२३ सम्म रहनेछ। त्यसपछि यसको कुम्भ राशिमा यात्रा सुरु हुनेछ।

२०२२ मा यी ८ राशिमा शनिको धेरै प्रभाव रहनेछ।

अप्रिल २९ , २०२२ देखि जुलाई १२, २०२२ सम्म – मकर,कुम्भ , मीन, कर्कट र वृश्चिक राशिका मानिसमा शनिको प्रभाव रहनेछ।

जुलाई १२ २०२२ देखि १७ जनुअरी २०२३ सम्म -मकर, कुम्भ र धनु राशीमा शनिको साढे साती र मिथुन र तुला राशिमा ढैय्याको प्रभाव रहनेछ।

सन् २०२२ मा शनिको प्रभाव ८ राशिमा – धनु, मकर, कुंभ, मीन, मिथुन, तुला, कर्कट र वृश्चिक।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१४:२३

मंगलबार जन्मिएको मानिस हुन्छन् सबै भन्दा भाग्यमानी , रहन्छ गणेश भगवानको कृपा !