धेरै सन्तान, धेरै सुविधा: धेरै बच्चा जन्माउनेलाई थप सुविधा दिने राष्ट्रपतिको घोषणा !

काठमाडौँ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जन्मदर बढाउन नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्। जनसंख्या कम भएको स्थितिलाई मध्येनजर गर्दै जन्मदर बढाउन नयाँ कदमहरू चाल्ने घोषणा गरेका हुन्।

संसदको दुवै सदनलाई आफ्नो वार्षिक सम्बोधनमा दिने क्रममा पुटिनले जनसंख्या कम भएको उल्लेख गर्दै जन्मदर बढाउन नयाँ कदमहरू चाल्ने घोषणा गरे।

धेरै बच्चा जन्माउनेलाई सुविधा दिने उनको घोषणा छ। रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेको र त्यसलाई बढाइनुपर्ने उनको भनाई छ।

रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने तर्क छ। यसै कारण अब बच्चा जन्माउने आमाहरूलाई नयाँ थप राज्य सुविधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

हाल रुसले दुई भन्दा बढी सन्तान हुने आमा तथा परिवारलाई विशेष प्रकारका सुविधा दिँदै आएको छ। अहिले पनि चार बच्चाका आमालाई केही कर छुट दिने व्यवस्था रुसमा छ।

यस छुट तथा अन्य व्यवस्थालाई विस्तार गर्दै लैजाने योजना पुटिनले लिएका छन्। वार्षिक सम्बोधनका क्रममा उनले जन्मदरप्रति चिन्ता व्यक्त गर्दै आगामी समयमा त्यसप्रति ठोस कदम चालिने जानकारी गराए।

यता रुसमा नयाँ प्रधानमन्त्री पनि नियुक्त भएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन्।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६०९:१९

गरिमा धानमा लागेन बाला, खेर गयो किसानका दुख : क्षतिपूर्तिका पाउन पनि मुद्दा लड्नुपर्ने भयो !