रियल पुग्दा मोटाएको हाजार्डले स्वीकारे

एजेन्सी – इडन हाजार्ड लामो चर्चापछि गत सिजन रियल म्याड्रिडमा आबद्ध भएका थिए । उनी जति बेला रियलमा आबद्ध भएका त्यो समय उनको बढेको शारीरिक तौलका बारेमा पनि चर्चा भएको थियो । बेल्जियन स्टारले पनि स्पेन पुग्दा केहि तौल बढी रहेको स्वीकार गरेका छन् ।

चेल्सीबाट सान्टियागो बर्नाबउ जाँदा उनी पहिला भन्दा मोटो देखिएका थिए । ‘त्यो सहि हो । म झुटो बोल्न चाहन्न,’ रियल पुग्दा तौल बढि थियो भन्ने प्रश्नमा उनको जवाफ थियो,‘ केहि बढी नै तौल थियो । तर त्यति बेलामा म बिदामा थिए ।’

रियल पुग्दाको समय उनले सामान्य अवस्थामा भन्दा ५ केजी बढेको बताएका थिए । म त्यस्तोमा पर्छु जसको तौल छिटो बढ्छ । सँगै म छिटो घटाउन पनि सक्छु । ‘ जितमा बेला १८ वर्षको थिए । त्यो बेला मेरो तौल ७२ वा ७३ हुन्थ्यो । त्यसपछि ७५ भए । त्यसपछि झन बढेर ७७ सम्म पुगे,’ उनले सम्झिए,‘ समरमा ८० केजी पुगे । तर अर्को १० दिनमा तौल घटाए पनि ।’

हाजार्डले जिनेदिन जिदानको प्रशिक्षणमा खेल्ने पहिला देखि नै चाहेका थिए । सन् २०१६ देखि नै उनी रियल जाने चर्चा पनि भएको थियो । तर, त्यसका लागि उनले केहि वर्ष कुर्नपरेको थियो ।

‘खेलाडीका रुपमा हाम्रो एउटै शैली छैन । प्राविधिक रुपमा उनी म भन्दा धेरै राम्रो छन्,’ जिदानका बारेमा हाजार्डले भने,‘ उनले फुटबलमा राम्रो समय बिताए । सबै उनको खेलबाट प्रभावित हुन्थे ।’

२०१६ को युरोपियन च्याम्पियनसिपका दौरान जिदानसँग भएको कुराकानी सम्झदै उनले भने , ‘उनले मलाई त्यति बेला नै क्लबमा हेर्न चाहेको बताएका थिए । त्यति बेला देखि नै मरो दिमागमा त्यो विषय घुमिरहेको थियो ।’

अहिले जिदानसँगको नेतृत्वमा रियलमा खेल्न पाउँदा खुसी लाग्ने उनले सुनाए । ‘ हाम्रो हरेक सेसन बलसँगै हुन्छ । मैले ३ वर्ष इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे, माउरिजियो सारीसँग बताए । त्यति बेला पनि मैले धेरै सिक्न पाए ,’ उनले थपे,‘ सायद त्यो समयमा मैले आफुलाई भिन्न रुपमा प्रस्तुत गर्न सफल भए ।’

बेल्जियन विङ्गरले आफु रियलबाट खेल्न चाहेको कहिल्यै लुकाएनन् । ‘ म आफ्नो बगैंचामा खेल्दा पनि आफुलाई रियलको खेलाडीका रुपमा प्रस्तुत गर्थे । जिदान मेरो आइडियल हुन् । मैले बर्नाबउ त्यतिबेला टिभिमा रहेको थिए,’उनले सम्झिए, ‘त्यो सेतो टिसर्टले म निकै लोभिन्थे । म छुट्टीमा स्पेन गएको थिए । तर म्याड्रिड पुगेको थिइन । हामी जति बेला खेल्थ्यौं र टिभिमा उनीहरुको खेल हेथ्र्यौ । हरेकले रियलका बारेमा कुरा गरेको सुन्थ्ये ।’

प्रकाशित : बिहिबार, माघ ०२, २०७६०९:५१

धोनी भारतको खेलाडी सुचिमा परेनन्