बृहस्पतिले गर्दैछ राशि परिवर्तन, यी ४ राशिको चम्किनेछ भाग्य !

एजेन्सी – ज्योतिषशास्त्रमा देवगुरु बृहस्पतिको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ । धनु र मीन राशिको स्वामी ग्रह समेत रहेको बृहस्पति भाग्य र सुखको कारक ग्रह समेत हो।

यहि मङ्सिर ४ गते शनिबारका दिन बृहस्पतिले राशि परिवर्तन गर्नेछ। त्यसदिनबाट मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। बृहस्पतिले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार बृहस्पतिको राशि परिवर्तनले निम्न राशिहरुलाई सबै भन्दा बढी लाभ मिल्नेछ।

कन्या राशि

बृहस्पतिले राशि परिवर्तन गर्दा कन्या राशि हुनेहरुको जीवनमा धेरै नै सकारात्मक प्रभाव पर्नेछ। जीवनमा विभिन्न प्रकारका सकारात्मक परिवर्तन हुनेछन्, जसले मन प्रफुल्लित गराउनेछ। छुट्टै पहिचान बनाउन सकिनेछ। सामाजिक दायित्व सहजै पूरा गररे मान-सम्मान प्राप्त गर्न सकिनेछ। आकस्मिक आर्थिक लाभ हुन सक्ला। भविष्यमा राम्रो लाभ हुने कार्यमा लगानी गर्ने अवसर समेत मिल्नेछ।

कर्कट राशि

बृहस्पतिको राशि परिवर्तनसँगै आर्थिक रुपमा रहेका सम्पूर्ण संकट देखि छुटकारा मिल्नेछ। आम्दानीका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। साझेदारीमा गरिएका कार्यले पनि प्रतिफल दिनेछन्। परिवारमा रहेका पूराना मतभेद देखि छुटकारा मिल्दा मानसिक रुपमा आनन्द महशुस हुनेछ। टाढा रहेका मित्रजनबाट शुभ समाचार प्राप्त होला। लामो समय देखि रहेका यात्राको योजना सफल हुनेछ।

मकर राशि

बृहस्पतिले राशि परिवर्तन गरेसँगै मकर राशि हुनेहरुको दैनिकीमा धेरै प्रकारका सकारात्मक परिवर्तन हुनेछन्। धन-सम्पत्तिलाई लिएर रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ। पैत्रिक सम्पत्तिले लाभ दिलाउनेछ। वैदेशिक यात्राको योजना सफल हुनेछ। दाम्पत्य जीवनमा पनि बृहस्पतिले सकारात्मक प्रभाव पार्नेछ। विद्यार्थीहरुका लागि पनि बृहस्पतिको राशि परिवर्तनलाई शुभ मान्न सकिन्छ।

मेष राशि

बृहस्पतिको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि हरेक प्रकारबाट शुभ सावित हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्ला। हरेक कार्यमा मित्रजनको साथ रहनेछ। व्यापार-व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्नेछ। रोकिएका कार्य सुचारु हुनेछन्। स्वास्थ्यमा पनि सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१४:५७

आउँदो शनिबारसम्म यी ४ राशिका मानिसमा रहनेछ शिव जीको विशेष कृपा, मिल्नेछ विशेष वरदान !