आज जबरालाई अदालत छिर्न रोक्ने तयारी, झडपकाे संभावना

काठमाडौं । अदालत जस्तो संवेदनशील स्थलमा कानुनका रखवाला वकिलले निशेधित क्षेत्रको सम्मान गर्न नसक्दा र प्रहरीले संयम नअपनाउँदा सर्वोच्च अदालत परिसर विहीबार झण्डै रणभूमिमा परिणत भयो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच हात हालाहालको अवस्था सृजना भएको हो । घम्साघम्सीमा नेपाल केही कानून व्यवसायीहरु घाइते भएका छन ।

आफुलाई कानुनको रखवाला ठान्ने नेपाल बार एशोसिएसनले अत्यन्तै संवेदनशील र निषेधित क्षेत्र सर्वोच्च परिसरमा पोडियम राखेर विरोधसभा गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले जबरजस्ती पोडियम हटाएपछि कानुन व्यवसायी र प्रहरीबीच हात हालाहाल हुँदा ६ कानुन व्यवसायीहरु घाइते भएको नेपाल बारले जनाएको छ । यससँगै बारको आन्दोलनले थप उग्र हुने देखिएको छ ।

बारले विहीबार प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतसहित उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिएको थियो ।

धर्नापछि सर्वोच्चमा गर्न लागिएको विरोधसभामा प्रहरीको हस्तक्षेपको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले विरोध एवं भत्र्सना गरेका छन । उनले शुक्रबारदेखि आन्दोलन थप सशक्त बनाइने जानकारी दिए ।

कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न रोक्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएका हुन ।

न्यायाधीशले हेरेनन् बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका ९ वटा इजलासमा१७७ वटा मुद्दाको पेसी तोके पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेनन् । आफ्नो इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामात्र राखेका प्रधानन्यायाधीश जबराले भने आफ्नो इजलासमा रहेका ६ वटै मुद्दा हेरेका छन् ।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८०९:२१

एकाएक कहाँ गयो चिचिफुलीको स्वर ?