पोचेटिनोले भने – ‘मेस्सी-नेयमार-एम्बाप्पे जस्ता खेलाडीलाई सिकाउन सकिँदैन’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का मौरिसियो पोचेटिनोले लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडीहरुलाई कसैले सिकाउन नसक्ने बताएका छन्।

एक मिडियासंग कुराकानी गर्नेक्रममा पोचेटिनोले मेस्सी, नेयमार र एम्बाप्पे जस्ता खेलाडीहरुलाई मैदानमा कस्तो व्यवहार गर्ने भनेर सिकाउन नसकिने बताएका हुन्।

मेस्सी यसै सिजन पिएसजी पुगेका हुन्। मेस्सी पुगेसँगै पिएसजीसँग विश्वका सबै भन्दा उत्कृष्ट मध्येका ३ स्ट्राइकरको साथ मिलेको छ। भन्ने नै हो भने पिएसजीसंग अहिलेको अवस्थामा सबै भन्दा घातक ट्रियोको साथ छ। तर मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियोले मैदानमा कमाल भने देखाउन सकिरहेको छैन।

यी लगायत विभिन्न विषयहरुमा प्रश्न गरिँदा मौरिसियो पोचेटिनोले मेस्सी, नेयमार र एम्बाप्पे बीच तालमेल मिल्दै गरेको बताए। समयले तीनै खेलाडीहरु बीच एक प्रकारको राम्रो तालमेल विकास गराउने उनको विश्वास छ।

“मलाई लाग्छ कि उनीहरूसँग अचम्मको प्रतिभा छ। तर यो सत्य हो कि राम्रो तालमेल मिल्न केहि समयको आवश्यकता छ। समयसँगै तीनै बीच राम्रो समझदारी हुनेछ। तर तपाइँ यी महान खेलाडीहरूलाई सिकाउन भने सक्नुहुन्न।”,पोचेटिनोले भने।

मेस्सी, नेयमार र एम्बाप्पेहरु आफूले के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट रहेका कारण धेरै कुराहरु सिकाइरहनुनपर्ने उनले बताए। पोचेटिनोका अनुसार खेल्नु नै प्राथमिकतामा रहने हुँदा यस्ता खेलाडीहरुलाई नियन्त्रण गर्न सकिँदैन र नियन्त्रण गरेको पनि मन पराउँदैनन्।

“मलाई लाग्छ कि उनीहरूलाई आफ्नो ठाउँ खोज्न र गतिशील हुन समय लाग्नेछ। जब उनीहरुले आफ्नो लय भेट्छन् र गतिशील हुन्छन् भने लगातार अगाडी बढ्छन्। मेस्सी नेयमार र एम्बाप्पे तीनै एकै पृष्ठमा छन्।”,उनले भने।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८१२:५८

टिटे भन्छन् – ‘काउटिन्होसँग प्रतिभा छैन भनेर कसले भन्न सक्छ’