एकाएक कहाँ गयो चिचिफुलीको स्वर ?

इकुडोल (ललितपुर) । खानीडाँडा खोंचको ‘झुपडी घर’ पुग्दै गर्दा बिहानी पारिलो घामले निधार डामे पनि ‘कात्तिके मौसम’ चिसो छ । अलि उकालो लागेपछि दुई घरको चेप हुँदै जब ‘झुपडी’को आँगन पुगें, सास रोकिएझैं भयो । बाटाभरिका तर्कना एकै निमेषमा ‘शून्य’ बने । अघिल्तिर अनायास आइपरेको दृश्यले वाक्य फुटाउनै मुस्किल पार्यो ।

मूलढोका छेवैको देवब्रेतिर २३ वर्षीया चिचिफुली थिङ ‘अ’र्धन’ग्न’ अवस्थामा थुरथुर काम्दै कक्रक्क परेर बसिरहेकी छन् । उनको शरीरमा कुनै विद्यालयको हरियो–निलो ‘टि–सर्ट’मात्रै देखिन्छ । एकोहोरो टोलाइरहने चिचिफुलीलाई ‘एक्कासि के भयो ?’ अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् ।

केही हतास र डराएझैं देखिइरहने चिचिफुली अनायासै हाँसिन् । अनि, हाँसी नै रहिन् । तर, उनको त्यो मुस्कान धेरै बेर अड्न सकेन । फेरि, टोलाउन थालिन्, आफ्नै सुरमा । नातागोता भन्छन्, ‘यो यस्तै हुन्, घरी हाँस्छिन्, घरी रुन्छिन्, घरी टोलाइ मात्र रहन्छिन् ।’

घामपानी, हावाहुरी, झरी वा भूकम्प नै किन नआओस् ? उनी हलचल हुँदिनन् । माथि जंगलतिरबाट बाघ–चितुवा आए पनि उनलाई केही फरक पर्दैन । रात परेपछि मात्रै घर छिर्छिन् । वर्षौंदेखि ‘अर्धन’ग्न’ अवस्थामै छिन्, चिचिफुली । केही बोल्दिनन् । बोलाउँदा पनि टोलाइ मात्र रहन्छिन् ।

सानो झुपडी । खिया परेको जस्तापाताको छानो । अलिपर कुच्चिएको ‘प्रेसरकुकर’ उत्तानो परेको छ । आँगनमाथिको सानो छानो सुकेको हाँगोको भरमा जसोतसो अडेझैं लाग्छ । माथिल्लो चोटा उक्लने भ-याङ नाजुक छ, त्यो देख्दा लाग्छ, ‘कुन बेला बल्ड्याङ खाइने हो ?’ चिचिफुली यही परिवेशमा वर्षौंदेखि चुपचाप एकोहोरो टोलाइरहेकी छन् । वर्षौंदेखि ‘अ’र्धन’ग्न’ अवस्थामै छिन्, चिचिफुली । केही बोल्दिनन् । बोलाउँदा पनि टोलाइमात्र रहन्छिन् ।

गाउँलेलाई राम्ररी सम्झना छ, चिचिफुली पहिले ‘यस्ती थिँदै थिइनन् ।’ स्कुल जान्थिन् । घाँस–दाउरा गर्थिन् । खाना पकाउँथिन् । बुबा र भाइलाई ख्वाउँथिन् । सबै घरधन्दा उनकै बलमा चलेको थियो । सानो बारी नै किन नहोस् ? उनी त्यतै व्यस्त हुन्थिन् ।

फूलजस्ती चिचिफुलीलाई ‘अचानक के भयो त ?’ गाउँले रनभुल्लमा छन् । उनीहरूका मन प्रश्नैप्रश्नले भरिएका छन् । तर, उत्तर छैन । ऊबेलाकी ‘चिचिफुली’ सम्झेर गाउँले अहिले पनि थकथक मानिरहेका छन् ।

‘खोई ? यल्लाई के भयो–भयो ? यस्तो भएको पाँच वर्ष हुन लाग्यो,’ चिचिफुलीका ६१ वर्षीय काका नजरमान थिङले राजधानीसँग भने, ‘पहिले यस्तो थिइनन्, एक्कासि नबोल्ने भएर गइन् । स्कुल जान्थिन्, सबै काम गर्थिन्, अहिले भतिजीको हरिबिजोगै भयो ।’

नजरमानका अनुसार चिचिफुली गाउँकै ढोर्चेस्थित विज्ञान प्रभा आधारभूत विद्यालयमा कक्षा तीनमा पढ्दासम्म राम्रै थिइन् । बोल्थिन्, हाँस्थिन् । निर्दोष उनले त्यतिबेला अनुमानसम्म लगाएकी थिइनन् होलिन्, ‘अवस्था आज यस्तोसम्म हुनेछ ।’

अचम्मै लाग्ला ! चिचिफुलीका परिवारमा कोही पनि राम्ररी बोल्दैनन् । ‘कम संगत र घरमै सीमित रहेकाले उनीहरूको बोली ‘प्रस्ट फुट्न नसकेको हुन सक्ने’ गाउँलेको अनुमान छ । जेठी श्रीमतीको निधनपछि कान्छी (चिचिफुलीकी आमा) भित्र्याएकी ६३ वर्षीय आइतमान थिङको ‘लवज’समेत प्रस्ट सुनिँदैन । उनले बोलेको हतपती बुझ्न गाह्रै हुन्छ ।

पाँच दाजुभाइमा आइतमानको आर्थिक अवस्था दयनीय छ । कान्छी भित्र्याएपछि उनीबाट पाँच सन्तान भए । एकको मृ’त्यु भइसक्यो । दुई मावलीमा छन् । चिचिफुली र एक भाइ निकेश थिङ गाउँमै छन् । विज्ञान प्रभा आधारभूत विद्यालयमा कक्षा ६ पढिरहेका निकेशसमेत राम्ररी बोल्दैनन् ।

प्रकाशित : शनिबार, कार्तिक २७, २०७८०८:५०

एमसीसी बारे कुलमानले मुख खोले ! के भने ?