बमिट भएपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना, सबै कार्यक्रम स्थगित!

काठमाडौँ – गएको केहि समय देखि लगातार दौडधुपमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटघाटका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डले तत्कालका लागि भेटघाटका सम्पूर्ण कार्यक्रम स्थगित समेत गरेका थिए । शनिबार बमिट भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ।

पछिल्लो समय प्रचण्ड अत्याधिक व्यस्त थिए। देशका विभिन्न स्थानमा पुगेर सम्बोधन गर्ने देखि पार्टी संगठन विस्तार गर्ने सम्म कार्यमा व्यस्त रहेका उनले शनिबारबाट सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।

प्रचण्डमा रुघा खोकिसहित विभिन्न समस्या देखिएको बताइएको छ। चिसो बढिसकेको र धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने माओवादी केन्द्रका एक नेताले बताए। साथै प्रचण्डको ब्लडप्रेसर बढेको पारिवारिक स्रोतले जनाएको छ। प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्। ​

प्रकाशित : शनिबार, कार्तिक २७, २०७८१५:४१

यस साताको शेयर बजार: कस्तो रह्यो कारोबार?