ब्राजिल विरुद्धको खेल अघि मेस्सीको बारेमा आयो यस्तो ठूलो बयान !

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ब्राजिलविरुद्धको ला अल्बिसेलेस्टेको खेलमा खेल्ने पुष्टि गरेका छन्। दक्षिण अमेरिकी प्रतिद्वन्द्वीहरूले बुधबार बिहान एकअर्काको सामना गर्नेछन्।

मार्काको एक रिपोर्ट अनुसार ब्राजिलसँगको खेल अघि बोल्दै, स्कालोनीले भने,”उरुग्वे विरुद्ध पनि मेस्सी शारीरिक रूपमा फिट थिए, तर हामीले निर्णय गर्यौं कि अन्तमा उनको लागि केहि मिनेट खेल्नु र राम्रो भावना प्राप्त गर्नु उत्तम हुनेछ। भोलिको लागि [ब्राजिलको खेललाई सन्दर्भ गर्दै], यो पक्का भएको छ कि उनले खेल्नेछन्, त्यसैले हामी आशा गर्छौं कि उनले राम्रो महसुस गर्नेछन्।”

उरुग्वेको एस्टाडियो क्याम्पियोन डेल सिग्लोमा अर्जेन्टिनाको १–० को जितमा लियोनल मेस्सीले १४ मिनेट खेल्न सफल भए। खेलको सातौं मिनेटमा एन्जल डि मारियाको गोल नै निर्णायक भएपछि अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक जोड्न सफल भएको थियो। उक्त जितका साथै अर्जेन्टिनाले २०२२ फिफा विश्वकपका लागि कन्मेबोल क्वालिफाइङ जोनमा १२ खेलबाट २८ अंक जोडेको छ। मेस्सीको टोली तालिकाको दोस्रो स्थानमा रहेको छ भने ब्राजिल शीर्ष स्थानमा छ।

बुधबार हुने खेलमा जीत हात पारेको खण्डमा अर्जेन्टिनाले आफ्नो र ब्राजिल बीचको अंक दूरी ३ अंकमा झार्न सफल हुनेछ भने ब्राजिललाई छनौट चरणको पहिलो हार चखाउन सफल हुनेछ। दुबै टोली यस चरणमा अपराजित रहेका छन्। चोटका कारण स्टार खेलाडी नेयमारले खेल गुमाउनु ब्राजिलको लागि श्राप साबित हुनसक्छ।

यसैबीच, मेस्सीको पुनरागमन ला अल्बिसेलेस्टेको लागि ठूलो प्रोत्साहन हुनेछ। पेरिस-सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनाको अपराजित छनोट अभियानमा (आठ जित, चार बराबरी) ६ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१४:१७

युनाइटेडमा खुसी छैनन् रोनाल्डो, के अब अर्को क्लब जालान् ?