म्यानचेस्टर युनाइटेडले यो सिजन अहिलेसम्म ओले गुनर सोल्स्कजायरको नेतृत्वमा संघर्ष गरिरहेको छ। यस्तोमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ओल्ड ट्राफोर्डमा आफ्नो पहिलो कार्यकालको तुलनामा टोलीमा विभिन्न नकारात्मक परिवर्तनहरू देखेका छन्।

पोर्चुगिज कप्तान स्पोर्टिङ सीपीबाट २००३ मा युनाइटेडमा सामेल भएका थिए र २००९ मा रियल म्याड्रिड जानु अघि उनले क्लबमा तीन प्रिमियर लिग उपाधि, एक एफए कप, दुई काराबाओ कप, एक कम्युनिटी शिल्ड, एक च्याम्पियन्स लिग ट्रफी र क्लब विश्वकप जित्न सफल भएका थिए। युनाइटेडलाई अन्तिम प्रिमियर लिग जिताएका प्रशिक्षक सर एलेक्स फर्गुसनको प्रशिक्षणमा रोनाल्डो विश्वस्तरीय खेलाडीमा परिणत भएका थिए।

र TalkSPORT रिपोर्टर एलेक्स क्रुकका अनुसार पोर्चुगिज स्टारले आफू युनाइटेडमा फर्किएपछि टोलीको प्रशिक्षण मैदानमा मापदण्डमा गिरावट देखेका छन्। “मैले हिजो राती म्यानचेस्टर युनाइटेडको बारेमा केही साँच्चै डरलाग्दो कुराहरू सुनें,” क्रुकले भने,”रोनाल्डोको बारेमा कुरा गर्दा फर्गुसन प्रशिक्षक हुँदा भन्दा अहिले प्रशिक्षण मैदानमा के हुन्छ भन्ने सन्दर्भमा क्लबमा मापदण्डहरू घटेको कुराबाट उनी निकै छक्क परेका छन्।”

रेड डेभिल्सको प्रशिक्षणमा खेलाडीहरुको हाउभाउ देखेर रोनाल्डो आश्चर्यमा परेको र खुसी नरहेको समेत बताइएको छ।

