महिनाको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – मङ्सिर महिनाको पहिलो दिन नै सुनको मूल्य घटेको छ। कार्तिक महिनाभर लगातार बढेर पछिल्ला महिनाहरुकै महँगो भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

कार्तिक महिनामा सुनको मूल्य

सुनको मूल्यमा कार्तिक महिनाभर धेर उतार चढाव भए। छापावाला सुन ९१ हजार देखि ९४ हजार ८ सय रुपैंयाँ सम्म कारोबार हुँदा तेजाबी सुन ९० हजार ५ सय देखि ९४ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा चाँदीको मूल्य रु १० ले घटेर १ हजार २ सय ८० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ। कार्तिक महिनामा चाँदी १ हजार २ सय २५ देखि १ हजार २ सय ९५ रुपैंयाँ सम्ममा कारोबार भयो।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१०:४८

चार कम्पनी कालोसूचीमा !