ग्रहचक्रमा बृहस्पतिको ठूलो परिवर्तन, कुन राशिमा कस्तो प्रभाव पर्ला ? हेर्नुहोस् !

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहले आफ्नो कमजोर राशि मकर राशि छोडेर छिट्टै कुम्भ राशिमा प्रवेश गर्दैछ। देवगुरु बृहस्पतिलाई भाग्य र सम्मान प्राप्तिको प्रमुख कारक मानिन्छ। बृहस्पतिको राशि परिवर्तनले राशि चक्रका सबै राशिमा प्रभाव छोड्छ। बृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गरेपछि यसले तपाईंको राशिमा कस्तो प्रभाव पर्छ त ? जान्नुहोस्….

मेष राशि 

मेष राशिका लागि, बृहस्पति आफ्नो भाग्यको नवौं घरमा शासकको भूमिकामा छ जसले तिनीहरूलाई असफलता बिना अनुकूल परिणाम दिनेछ। राशिको एघारौँ भावमा प्रवेश गर्ने बृहस्पति ग्रहको प्रभावले आयमा वृद्धि दिलाउनुका साथै ज्ञान तथा धन वृद्धि हुने सम्भावना रहेको छ। साथै, २०२२ को प्रारम्भिक महिनाहरूले मेष राशिका मानिसहरूलाई राम्रो नतिजा दिनेछन्।

वृष राशि 

वृष राशिका लागि बृहस्पतिको गोचर दशैं घरमा हुनेछ। जसले करियरको क्षेत्रमा राम्रो नतिजा दिन सक्छ। तपाईंले जागिर परिवर्तनको योजना पनि बनाउन सक्नुहुन्छ, तपाईंले यसमा राम्रो परिणाम पाउनुहुनेछ।

मिथुन राशि 

मिथुन राशिका लागि बृहस्पतिको गोचर भाग्य भाव तथा नवौं घरमा भइरहेको छ । जसका कारण यो राशिका मानिसहरुको धन-सम्पत्ति बढ्ने सम्भावना रहेको छ । यसका साथै तपाईंले जुन कार्यमा हात हाल्नु हुन्छ, त्यसमा सफलता प्राप्त गर्नुहुनेछ।

कर्कट राशि 

कर्कट राशिका लागि बृहस्पतिको गोचरले केही कठिनाइहरू सिर्जना गर्न सक्छ। त्यसैले हतारमा कुनै निर्णय नगर्नुहोस्। तर, यसपछि पनि भाग्यले साथ दिनेछ र धनको बाटो खुल्नेछ । समग्रमा तपाईंको लागि यो समय अनुकूल छैन।

सिंह राशि 

तपाईंको लागि यो समय निकै शुभ रहन्छ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। जटिल समस्याहरूलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न मद्दत मिल्नेछ। पारिवारिक जीवनमा केही समस्या आउन सक्छ, तर यो केहि दिनको कुरा हो, चाँडै सबै सामान्यमा फर्किनेछ।

कन्या राशि 

कन्या राशिका लागि बृहस्पतिको गोचरले शुभ फल दिनेछ। व्यवसायिक मामिलामा तपाईंको रोकिएको कामले फेरि गति लिनेछ। आर्थिक अवस्थामा पनि सुधार आउनेछ । नयाँ योजना हात लाग्ने सम्भावना छ, जसबाट प्रशस्त लाभ मिल्नेछ।

तुला राशि 

तुला राशिका लागि बृहस्पतिको गोचर पाँचौं घरमा रहनेछ। यो यस राशिका मानिसले मानसम्मान पाउने संकेत हो । र यस समयमा थुप्रै राम्रा अवसरहरू प्राप्त हुनेछन् जसले तपाईंको आर्थिक स्थितिलाई बलियो बनाउँछ।

वृश्चिक राशि

 

वृश्चिक राशिमा व्यक्तिहरुको जीवनमा राम्रो परिवर्तन आउनेछ । करियरसँग सम्बन्धित मामिलाहरू धेरै राम्रो सम्भावनाहरू तथा उपलब्धि प्राप्त हुनेछन्। यस गोचरको परिणाम स्वरूप जारी समस्याहरू सजिलै समाधान हुने सम्भावना छ।

धनु राशि 

बृहस्पतिको गोचरले तपाईंको मानसिक क्षमता बढाउँछ। राशिको तेस्रो भावमा बृहस्पतिको उपस्थितिले तपाईंको प्रारम्भिक शिक्षाको लागि पनि लाभदायक साबित हुनेछ। दाजुभाइ, परिवार र छिमेकीसँग सुमधुर सम्बन्ध रहनेछ।

मकर राशि 

मकर राशिबाट परिक्रमा गरेपछि पनि बृहस्पतिको स्थान राशिको दोस्रो घरमा हुनेछ। दोस्रो घर धनको घर भएकाले मकर राशि हुनेहरुको आर्थिक अवस्था बलियो रहनेछ । कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। लगानी गर्ने योजना बन्न सक्छ, तर सावधानी आवश्यक छ।

कुम्भ राशि 

बृहस्पति ग्रह कुम्भ राशिमा गोचर हुने भएकोले रपरिवारमा कसैसँग झगडा हुने सम्भावना रहन्छ। बृहस्पतिको गोचरले तपाईं शारीरिक र मानसिक रूपमा अस्वस्थ रहनुहुनेछ। गुरुले तपाईंलाई तपाईंको कार्यमा सफलता दिलाउनेछ। आर्थिक दृष्टिले बृहस्पतिको गोचर त्यति लाभदायी नरहला ।

मीन राशि 

मीन राशिका लागि बृहस्पति बाह्रौं घरमा आउनेछ। त्यसैले कुनै धार्मिक कार्यमा खर्च हुने सम्भावना छ । घर किन्न ऋण पनि लिनुपर्ने हुनसक्छ । तपाईले सवारीसाधन किन्न र बेच्न पनि सक्नुहुन्छ। समय त्यति शुभ नरहला। अनावश्यक खर्च बढ्नेछ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१६:४१

हातमा पैसा टिक्दैन ? गर्नुहोस् यस्ता सरल उपाय, हुनेछ धनको वर्षात !