कोका-कोलाको निन्दा गरेका रोनाल्डोलाई हराएपछि कोका-कोला कै बोतल देखाए यी खेलाडीले !

गत जुन-जुलाईमा सम्पन्न युरो २०२० मा रोनाल्डो आफ्नो प्रदर्शनका साथै एक घटनाका कारण पनि निकै चर्चामा रहे। उनले एक प्रेस सम्मेलनमा आफ्नो अगाडी राखिएका कोका-कोलाका बोतल हटाउँदै पानी पिउन आग्रह गरेका थिए। उक्त घटनापछि रोनाल्डोको उक्त गतिविधिमा निकै मिम पनि बने।

यसै घटना सम्बन्धि एक मजाक हालै मात्र रोनाल्डो माथि बनेको छ। गत शनिबार विश्वकप छनौट चरणको अन्तिम खेलमा सर्बियासँग पोर्चुगल २-१ ले पराजित भएसँगै सोझै विश्वकपमा छनौट हुने मौका गुमाएको छ। सर्बियाका लागि एलेक्सान्डर मिट्रोभिकले खेलको अन्तिम समयमा गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउँदै विश्वकपमा छनौट गराउन सफल भए।

खेल सकिएको संकेत गर्दै अन्तिम सीटी बजेपछि फुलह्याम स्ट्राइकर एस्टाडियो दा लुजमा रहेका सर्बियाका फ्यानहरूसँग उत्सव मनाउँदै कोकको बोतल बोकेर ड्रेसिङ रुमबाट बाहिर आए। यस्तोमा केहि समर्थकका अनुसार मिट्रोभिकको उत्सव रोनाल्डो प्रति अंकित रहेको थियो जसले युरो २०२० को समयमा कोका-कोलाको निन्दा गरेका थिए।

यद्यपि, कोकको बोतल समातेर मिट्रोभिकको उत्सवले गोल गर्दा सफ्ट ड्रिंक पिउनु नराम्रो होइन भन्ने सुझाव दिन पनि सक्छ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१५:४६

विश्वकपका लागि १३ देश भइसके छनौट: मेस्सी छन्, छैनन् रोनाल्डो !