विश्वकपका लागि १३ देश भइसके छनौट: मेस्सी छन्, छैनन् रोनाल्डो !

आउँदो संस्करणको विश्वकप अर्को वर्ष २०२२ मा हुनेछ। कतार आयोजना हुन लागेको २२ औं संस्करणको विश्वकप २०२२ नोभम्बर २१ बाट सुरु भएर डिसेम्बर १८ मा समापन हुनेछ।

३२ टिमले सहभागिता जनाउने प्रतियोगिताका लागि हालसम्म छनौट चरण पार गर्दै आयोजक कतार बाहेक १२ टोली छनौट भइसकेका छन्। युरोप महादेशका १० र दक्षिण अमेरिका महादेशका दुई राष्ट्र गरी १२ टोली छनौट भएका छन् भने आयोजक कतार स्वत छनौट भएको हो।

दक्षिण अमेरिकाबाट छनौट हुने देशमा ब्राजिल र अर्जेन्टिना रहेका छन्। त्यस्तै, युरोपबाट साबिक विजेता फ्रान्स, जर्मनी, स्पेन, क्रोएशिया, सर्बिया, स्विजरल्याण्ड, इंग्ल्याण्ड, नेदरल्याण्ड, बेल्जियम र डेनमार्क रहेका छन्। त्यस्तै, आयोजकको नाताले कतार भने स्वत छनौट भएको हो।

सोझै छनौट हुन नसक्ने केहि ठूलो देशहरुमा भर्खरै मात्र सम्पन्न युरो २०२० को विजेता इटाली र २०१६ को युरो विजेता क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, एर्लिंग हालाण्डको नर्वे, रोबर्ट लेवान्डोस्कीको पोल्याण्ड जस्ता राष्ट्र रहेका छन्। त्यस्तै, २ पटकको विश्व विजेता उरुग्वे पनि यस पटकको विश्वकपमा छनौट नहुने खतरामा रहेको छ।

छनौट भएका राष्ट्रहरु: कतार,  ब्राजिल, अर्जेन्टिना,  फ्रान्स, जर्मनी, स्पेन, क्रोएशिया, सर्बिया, स्विजरल्याण्ड, इंग्ल्याण्ड, नेदरल्याण्ड, बेल्जियम र डेनमार्क 

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१६:३२

आफूले ब्यालोन डी’ ओर जित्नेमा विश्वस्त छन् बेन्जेमा: के साँच्चै जित्लान् त ?