लापरवाह नेयमारको चर्को आलोचना – ‘मांसपेशिमा समस्या भएको व्यक्ति किन बुरुक-बुरुक ?’

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमारका लागि सन् २०२१-२२ को सिजन त्यति राम्रो भैरहेको छैन। नेयमारलाई शरीरले खासै साथ दिरहेको छैन। पछिल्लो समय नेयमारले न त पिएसजीका लागि राम्रो खेल्न सकेका छन्, न ता ब्राजिलकै लागि।

शरीरले साथ नदिएकै कारण नेयमारले विश्वकप छनौटमा अर्जेन्टिना विरुद्धको खेल गुमाए। विश्वकप छनौटमै केहि दिन अगाडी कोलम्बिया विरुद्ध भएको खेलमा नेयमार चोटिल हुन पुगेका थिए। नेयमारको तिघ्राको मांसपेशिमा समस्या देखिएपछि उनी अर्जेन्टिना विरुद्ध खेल्न नसकेका बतान्छ।

अर्जेन्टिना विरुद्धको खेल गुमाएका कारण नेयमारको ब्राजिलमा चर्को आलोचना भैरहेको छ। चोटिल भएको भनिएका नेयमार ‘पार्टी’ गर्दै देखिएपछि उनको चर्को आलोचना भएको हो। घाइते भएपछि आराम नगरेर पार्टी गर्दै डुलेको भन्दै नेयमारको सामाजिक संजाल देखि मिडियासम्ममा आलोचना भएको छ।

यसै बीच ब्राजिलका एक चर्चित टेलिभिजन प्रस्तोताले पनि नेयमारको चर्को आलोचना गरेका छन्। ब्राजिलमा अत्याधिक चर्चित रहेको टेलिभिजन कार्यक्रम ओस डोनोस दा बोलाका प्रस्तोता नेटोले नेयमार माथि विभिन्न प्रश्न उठाएका हुन्।

मांसपेशिमा समस्या भएको व्यक्ति उफ्रँदै नहिड्ने उनको भनाई छ। कोलम्बियाको खेलका क्रममा मांसपेशिमा समस्या देखिएपछि आराम नगरेर नेयमारले गल्ति गरेको उनले बताए।

“खेल सकिएपछि पहिलो काम आराम पो गर्नुपर्छ। तर नेयमारले के गरे ? उनी राती ‘बार’ गए। के यो ब्राजिलको प्रतिनिधित्व गर्ने खेलाडीले गर्ने व्यवहार हो? कोलम्बियाको खेल पछि उनी काउब्वाय टोपी लगाएर नाच्न त नाचे। तर के मांसपेशिमा समस्या भएको व्यक्ति यसरी नै नाच्छ ?”,आक्रोशित भएका नेटोले भने।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१२:१४

“यो वर्ष बेन्जेमाले ब्यालोन डी’ ओर जिते फुटबलको जीत हुनेछ”