हिजो घटेको सुनको मूल्य आजै बढ्यो !

काठमाडौँ – मङ्सिर महिनाको पहिलो दिन घटेको सुनको मूल्य आज बढेको छ। बुधबार घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९४ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार २ सय रुपैंयाँले बढ्दा सोमबार ३ सय रुपैंयाँले घटेको थियो। त्यस्तै मंगलबार ५ सय रुपैंयाँले बढेको सुनको मूल्य बुधबार ५ सौ रुपैंयाँले नै घटेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय ८० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१०:३७

न्यून चापीय क्षेत्रको प्रभाव: मौसम बदली र हिमपातको सम्भावना !