अर्जेन्टिना र पीएसजीका स्टार लियोनल मेस्सीविरुद्ध ‘मिडफिल्ड कमाण्ड’ गरेपछि ब्राजिलका मिडियाले फाबिन्होको प्रशंसा गरेका छन्। दक्षिण अमेरिकी विश्वकप छनोटमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना बीचको खेल ०-० को बराबरीमा सकिँदा लिभरपुलका मिडफिल्ड एन्फोर्सर फाबिन्हो मेस्सीविरुद्ध चम्किए।
ब्राजिल र अर्जेन्टिना बीचका खेलहरू सामान्यतया याट्याकिङ स्वभावका लागि प्रख्यात भए पनि, मंगलबार राति दुई दक्षिण अमेरिकी प्रतिद्वन्द्वीहरू बीचको भेट एक युद्ध जस्तै थियो। एस्टाडियो सान जुआन डेल बिसेन्टेनारियोमा दुबै पक्षले अन्ततः ०-० को बराबरी खेले। यस खेलमा पीएसजीका लियोनेल मेस्सी र रियल म्याड्रिडका भिनिसियस जुनियर जस्ता स्टार आक्रमक खेलाडीको सट्टा डिफेन्सिभ स्टारहरूले हेडलाइन बनाएका थिए।
कासेमिरोको निलम्बनपछि सुरुआती ११ मा परेका फाबिन्होले आफ्नो मौकालाई सदुपयोग गर्दै उनी ब्राजिलका लागि एक उत्कृष्ट प्रदर्शनकर्ता थिए। म्यानचेस्टर युनाइटेडका फ्रेडका साथ मिडफिल्डमा हुँदा, फाबिनहोले विपक्षी आक्रमणकर्ता जस्तै: मेस्सीको प्रभावलाई दुर्बल पारे। मेस्सी जस्तो स्टार खेलाडीलाई मैदानमा शान्त राख्न सफल भएपछि फाबिन्होले धेरै प्रशंसा प्राप्त गर्दै आएका छन्।
स्पोर्ट्स विटनेसले हेडलाइन पोस्ट गर्यो जहाँ यसले लिभरपुल स्टारलाई “मेस्सीलाई निरिह बनाए, पकेट गरे” बताएको छ। उक्त रिपोर्टमा भनिएको छ कि फाबिन्होले उक्त खेलमा छ ट्याकल गरे जहाँ उनले मिडफिल्डको कमाण्ड गरे।