नेयमारको सन्यासको चर्चाले ब्राजिलमा तरंग, यसो भन्छन् ब्राजिलका खेलाडी !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार फरवार्ड नेयमार सन् २०२२ मा हुने विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मनस्थितमा छन्। केहि समय अगाडी मात्रै नेयमारले एक अन्तर्वार्ताका क्रममा सन् २०२२ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका थिए।

“मलाई लाग्छ यो मेरो अन्तिम विश्वकप हो। म यसलाई मेरो अन्तिम विश्वकपको रूपमा देख्छु। किनभने मलाई थाहा छैन कि विश्वकपपछि मसँग फुटबल खेल्ने मानसिक शक्ति हुन्छ कि हुँदैन।”,गत अक्टोबरमा नेयमारले एक अन्तर्वाताका क्रममा भनेका थिए।

नेयमारको उक्त भनाई पछि ब्राजिलमा मात्र नभई विश्व फुटबल जगतमा तरंग पैदा भएको थियो। नेयमारको उक्त भनाई बारे ब्राजिलमा अझै पनि बहस हुने गरेको छ। नेयमारको उक्त भनाईले ब्राजिलका खेलाडीहरुलाई समेत चकित बनाएको थियो।

ब्राजिलका डिफेन्डर ड्यानिलो नेयमारको उक्त भनाईले जटिलता पैदा गरेको मान्छन्। नेयमारको उक्त टिप्पणी बारे बोल्दै ड्यानिलोले एक अन्तर्वार्ताका क्रममा नेयमार विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट पछि हट्ने निर्णयमा कसरी पुगे भन्ने बारे आफूलाई थाहा नभएको बताए।

जर्मनका टोनी क्रुसले हालै जर्मन राष्ट्रिय टोलीबाट सन्यास लिएको उल्लेख गर्दै नेयमारले सन्यास बारे चर्चा गर्दा आपत्ति मानिहाल्नु पर्छ भन्ने नरहेको ड्यानिलोको भनाई छ।

“सन्यास बारे सबै टोलीका खेलाडीहरुले चर्चा गर्छन्। टोनी क्रुसले हालै जर्मन राष्ट्रिय टोलीबाट सन्यास लिएका छन्। सन्यासको विषयमा नेयमारले बोल्दा चाहिँ निन्दनीय मान्नुपर्ने के छ र ?”,ड्यानिलोले भने। त्यस्तै ड्यानिलोले सोच विचार गरेर बोल्न नेयमारलाई सुझाव पनि दिए।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१६:५७

ब्राजिलियन मिडियाले फाबिन्होको तारिफ गर्दै भने-‘उनले मेस्सीलाई खल्तीमा राखेर हिड्छन्’