सर्बियाली खेलाडीलाई रोनाल्डोले नमाज्जाले थर्काएछन्-‘मैले गरेको गोल भाको भए अनि देख्थिस’

बाल्कन टोलीले पोर्चुगललाई पराजित गर्दै विश्वकपमा छनौट भएपछि सर्बियाविरुद्धको रिभर्स फिक्स्चरमा नदिएको विवादास्पद गोललाई लिएर क्रिस्टियानो रोनाल्डोले विलाप गरेका छन्।

गत आइतबार लिस्बनमा पोर्चुगललाई २-१ ले हराउँदा सर्बियाको टोलीमा उत्साहजनक दृश्यहरू थिए। सर्बियाका एलेक्सान्डर मिट्रोभिकले अन्तिम समयमा खेलको विजयी गोल गर्दै पोर्चुगललाई २-१ को हार चखाएका थिए। यसको मतलब सर्बियाले समूह ए मा शीर्ष स्थान हासिल गर्दै सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

पोर्चुगलले भने अब प्ले-अफबाट अगाडि बढ्नु पर्ने हुन्छ जसको कारण पनि फर्नान्डो सान्तोसका खेलाडीहरूमा ठूलो निराशा थियो। पोर्चुगिज कप्तान र कीर्तिमान गोलकर्ता रोनाल्डो पनि एकदमै विचलित थिए। र सान्तोसका अनुसार, रोनाल्डोले सर्बियाका खेलाडीलाई गत मार्चमा यी दुई टोली बीच भिडन्त हुँदा आफूले अन्तिम समयमा गरेको विजयी गोलको बारेमा सम्झाए जसले गोल रेखा पार गरेको त थियो तर विवादास्पद रूपमा उक्त गोलले मान्यता पाएको थिएन।

“यसको कुनै अर्थ छैन,” सान्तोसले TVI लाई भने,”जब खेल सकियो, निराशा क्रूर थियो। अझ खेलाडीको बारेमा सोच्नुहोस् जो मैदानमा थिए। म खेलाडीहरूलाई समर्थन र सान्त्वना दिन मैदानमा गएँ, उनी [रोनाल्डो] एक सर्बियाई खेलाडीलाई यसो भन्दै थिए: ‘मैले त्यहाँ गरेको गोल रद्द नभएको भए तिमी यसरी रमाउन पाउने थिएनौ।’ मैले उनलाई यो स्थितिलाई सहज रूपमा लिन आग्रह गरें।”

मार्चको भिडन्तमा, रोनाल्डोले पोर्चुगललाई ३-२ ले जीत दिलाउन आफूले गोल गरेको सोचेका थिए तर डिफेन्डर स्टेफान मिट्रोभिकले बल क्लियर गर्ने प्रयास गरेका थिए। तर उक्त बलले गोल रेखा पार गरेको थियो तर भीएआर नभएको कारणले उक्त गोललाई मान्यता दिइएन। उक्त गोल मान्य भएको भए अहिले सर्बिया नभएर पोर्चुगल विश्वकपमा छनोट भएको हुने थियो।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१३:०५

रोनाल्डोले गरेको फुटबल इतिहास कै सर्वोत्कृष्ट गोल, जसले मान्यता नै पाएन [भिडियो सहित]