चल्यो मेस्सीको जादू: फ्रेन्च लिगमा भयो कायापलट, जिरोबाट हिरो नै भयो लिग त !

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीलाई यस सिजनको सुरुवातमा अनुबन्ध गरेपछि फ्रान्सेली फुटबल विश्वव्यापी रूपमा कायापलट भएको छ। ३४ वर्षीय अर्जेन्टिनी स्टार खेलाडीले युरोपियन स्तरमा उत्कृष्ट भएपनि नयाँ क्लबका लागि मैदान भित्र खासै प्रभाव पार्न सकेका छैनन्।

तर ६ पटकका ब्यालोन डी ओर विजेताको आगमनले मैदान बाहिर भने ठूलो प्रभाव परेको छ। एल’एकुइपेको एक रिपोर्ट गरेको छ कि beIN Sports ले फ्रेन्च लिगका लागि मेस्सीको अनुबन्ध पछि मात्र ५० वटा अन्तर्राष्ट्रिय प्रसारण सम्झौतामा हस्ताक्षर गरिसकेको छ, जुन अहिले विश्वभरका २०० भन्दा बढी देशहरूमा प्रसारण हुन्छ।

BeIN ले विदेशमा लिग १ प्रसारण गर्न एक सिजनको ७५ मिलियन यूरो तिरेको छ र बेल्जियम, भारत र भियतनाम सहित अन्य थुप्रै देशमा मेस्सीको आगमन पछि २०२१-२४ चक्रका लागि थुप्रै नयाँ सम्झौताहरु हस्ताक्षर गरिएको छ। स्वीडेन र नर्वे पनि मेस्सीको कारण फ्रेन्च लिगमा होमिएका छन् भने उक्त सूचीमा स्पेन र ट्विच पनि छन्।

जहाँसम्म हेर्ने तथ्याङ्कको कुरा रहेको छ, अक्टोबर २४ मा मार्सेल विरुद्ध पीएसजीको खेलमा उत्तर अफ्रिका र मध्य पूर्वमा मात्र ७६ प्रतिशतभन्दा बढी दर्शकमा वृद्धि देखिएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१३:०३

सर्बियाली खेलाडीलाई रोनाल्डोले नमाज्जाले थर्काएछन्-‘मैले गरेको गोल भाको भए अनि देख्थिस’