एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई भित्र्याउन हदै सम्मको प्रयास गर्यो। लियोनेल मेस्सी बार्सिलोनाबाट पेरिस एन्ट जर्मेन(पिएसजी) पुगेपछि पिएसजी छाड्ने प्रयासमा रहेका एम्बाप्पेलाई रियलले अनुबन्ध गर्न आकर्षक प्रस्तावहरु गरेको थियो।
रियल एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। पिएसजी सामू २ सय मिलियनको प्रस्ताव राखेपनि रियलको योजना सफल हुन सकेन। एम्बाप्पेलाई फ्रान्समै अड्याउने प्रयासमा रहेको पिएसजीले एम्बाप्पेका लागि जति सुकै ठूलो रकम पनि अपुग हुने बतायो।
पिएसजीमा एम्बाप्पेको सम्झौता सन् २०२२ को जुन महिना सम्मका लागि छ। सन् २०२२ शुरु भएसँगै एम्बाप्पेले युरोपका जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्न पिएसजी एम्बाप्पेलाई
पिएसजीको योजना
पिएसजीले एम्बाप्पेलाई सजिलै जान दिने देखिँदैन। विभिन्न अवसरहरुमा पिएसजीका अधिकारीहरुले एम्बाप्पेलाई क्लबमा अड्याउन सबै कदम चाल्ने बताइसकेका छन्। पिएसजी एम्बाप्पेलाई केहि वर्ष सम्झौता थप गर्न लगातार आग्रह गरिरहेको छ। पछिल्ला महिनाहरुमा एम्बाप्पे र पिएसजी पक्ष बीच कयौं छलफल भैसकेका छन्। तर, पनि ठोस प्रगति भने हुन सकेको छैन।
रियलको योजना
गएको ट्रान्सफर विन्डोमा अनुबन्धको प्रयास गर्दा असफल भएको रियल म्याड्रिड एम्बाप्पेको अवस्थालाई नजिकबाट नियालिरहेको छ। एम्बाप्पे आफैं रियल आउन इच्छुक भएका कारण पनि रियलले एम्बाप्पेलाई धेरै नजिकबाट नियालिरहेको हो। सम्भव भए एम्बाप्पेसँग आउने जनवरीमै अग्रिम सम्झौता गर्ने दाउ रियलको छ। यदि त्यस्तो हुन सकेको खण्डमा रियललाई धेरै ठूलो फाइदा पुग्ने छ। एम्बाप्पे जस्तो खेलाडीलाई सित्तैमा पाउनु पक्कै पनि रियलका लागि वरदान सरह हुनेछ।