श्रीमान्-श्रीमतीको सम्बन्ध जति बलियो हुन्छ, वैवाहिक जीवनको सुरुवाती दिनमा उति नै नाजुक हुन्छ। विवाहको परिक्रमा गर्दा एक महिला र एक पुरुषले सात वचन लिने गर्छन्। सुख–दुःखमा एकअर्कालाई साथ दिने वाचा गर्छन् तर वास्तविक जीवनमा दुई व्यक्तिलाई सँगै बस्न, एकअर्कालाई बुझ्न त्यति सजिलो हुँदैन। तपाईंको धेरै साना कुराहरूले तपाईंको पार्टनरको मनमा असन्तुष्टि ल्याउन सक्छ र सम्बन्धमा खटास भर्न सक्छ। वैवाहिक जीवनको शुरुवाती दिनमा श्रीमान्–श्रीमतीले समायोजन गर्नुपर्छ। जब उनीहरु एकअर्कालाई बुझ्ने चरणमा हुन्छन्, उनीहरुको जीवनमा धेरै उतारचढाव आउँछन्। कहिलेकाहीँ आधा समस्या त तपाईंको पार्टनरलाई मन नपर्ने कुरा भनेको कारणले हुन्छ। सम्बन्धलाई मजबुत बनाउन र कुनै पनि प्रकारको समस्याबाट बच्न दुबैले एक-अर्कासँग सोचेर बोल्नुपर्छ।
प्राय: जसो महिला वर्गले नसोची बोल्दा सम्बन्धमा नै समस्या आउनसक्छ। यस्तोमा, श्रीमान्सँग कुरा गर्दा श्रीमतीले केही कुरामा ध्यान दिनुपर्छ। जान्नुहोस् श्रीमानको अगाडि श्रीमतीले गर्न नहुने चार कार्य।
माइतीको धेरै तारिफ नगर्नुहोस्
विवाह पछि, महिलाहरु प्रायः आफ्नो पति वा परिवारका सदस्यका अगाडि आफ्नो माइतीको प्रशंसा गर्छन्। यो धेरै गर्नबाट बच्नुहोस्। आफ्नी पत्नीले माइतीको अत्याधिक प्रशंसा गर्दा तपाईंको श्रीमानलाई तपाईंले आफ्नो परिवारलाई उसको परिवारसँग तुलना गरिरहनुभएको जस्तो लाग्न सक्छ। श्रीमानलाई यो पनि लाग्न सक्छ कि तपाईं उहाँसँग खुसी हुनुहुन्न र त्यसैले प्राय: आफ्नो माइतीको प्रशंसा गर्नुहुन्छ। श्रीमानलाई यो मन नपर्न सक्छ।
श्रीमानको घरलाई नराम्रो भन्नु
प्रायः हरेक पुरुषले आफ्नी श्रीमतीले आफ्नो परिवारलाई आफ्नो परिवार मानोस् भन्ने चाहन्छन्। यस्तो अवस्थामा आफ्नो श्रीमानको अगाडि सासु, ससुरा, नन्द, भाउजु वा देवरलाई नराम्रो काम भन्नुहुन्छ भने यो कुरा पतिलाई मन पर्दैन। यसले सम्बन्धलाई लिएर पतिको मनमा खट्टापन ल्याउन सक्छ।
पतिको तुलना
कुनै पनि श्रीमानलाई यो कुरा कहिल्यै मन पर्दैन कि श्रीमतीले आफूलाई अरूसँग तुलना गरेको। विशेष गरी यदि तपाईंले आफ्नो पतिलाई अरू कुनै पुरुषसँग तुलना गर्नुभयो भने, उसलाई नराम्रो लाग्न सक्छ। यसो गर्नाले तपाईंको सम्बन्धमा समस्या पनि आउनसक्छ।
पतिलाई ध्यान दिनुहोस्
हरेक पुरुषले आफ्नी श्रीमतीको पूरा महत्व चाहन्छन्। कुनै पनि कार्यक्रम वा जमघटमा आफ्नो पतिलाई कम ध्यान नदिने भुल नगर्नुहोस्। आफ्नो श्रीमानलाई महत्त्व र समय दिनुहोस्। साथी-संगिनी वा आफन्तसँग यति व्यस्त नहुनुहोस् कि श्रीमानसँग समय बिताउन कमी नहोस्। पतिलाई तपाईंको ध्यान चाहिन्छ। त्यसो नगर्दा उनीहरुलाई नराम्रो लाग्न सक्छ र सम्बन्धमा दुरी आउन सक्छ।