घट्यो सुनको मूल्य, १२ दिनकै सस्तो भयो !

काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य घटेको छ। गत हप्ताको कारोबार हुने अन्तिम दिन शुक्रबार सामान्य रुपमा घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता छापावाला सुन ९४ हजार ३ सय देखि ९४ हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९३ हजार ८ सय देखि ९४ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

सुन कार्तिक २४ गते यताकै सस्तो

कार्तिक महिनामा लगातार बढ्दा सुनको मूल्य जेठ महिना यताकै महँगो भएको थियो। तर पछिल्लो गिरावटसँगै सुनको मूल्य कार्तिक २४ गते अर्थात १२ दिन यताकै सस्तो भएको छ।

चाँदीको मूल्य

आज नेपाली बजारमा सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १५ ले घटेर १ हजार २ सय ६० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१०:४४

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु !