३ वर्षमा ४ प्रशिक्षक चैट बनाए रोनाल्डोले, एक सिजन भन्दा बढी कुनै कोच पनि टिकेनन् !

म्यानचेस्टर युनाइटेडले ओले गुन्नार सोल्साएलाई प्रशिक्षक पदबाट हटाएको छ। लगातारको खबर प्रदर्शन सँगै युनाइटेडले ओलेले बर्खास्त गर्ने निर्णय गरेको हो।

सन् २०१८ देखि युनाइटेडको जिम्मेवारी सम्हालेका ओलेले युनाइटेडको टोलीले केहि उल्लेखनीय प्रगति गरे पनि ओलेले युनाइटेडलाई थप अगाडी बढाउन नसक्ने निष्कर्ष सहित उनलाई प्रशिक्षक पदबाट हटाउने निर्णय युनाइटेडको बोर्डले गरेको हो। गएको सिजन युनाइटेडलाई ओलेले प्रिमियर लिगको उप विजेता बनाएका थिए भने युरोपा लिगको फाइनल सम्म पुर्याएका थिए। तर जारी सिजनमा भने उनले युनाइटेडलाई सहित बाटोमा डोर्याउन सकिरहेका थिएनन्।

जारी सिजनमा क्रिस्टियानो रोनाल्डो, राफेल भाराने, जोडन सान्चो जस्ता खेलाडीको आगमन भएपछि युनाइटेडले थप राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो। तर रोनाल्डो सहितको टोलीमा सन्तुलन कायम गर्न नै असफल भए।

शनिबार राति भएको खेलमा युनाइटेड वाटफोर्डसंग ४–१ को लज्जास्पद हार बेहोर्यो। १० खेलाडीमा समेटिएको युनाइटेड वाटफोर्ड सामू निरिह देखिएको थियो। क्रिस्टियानो रोनाल्डोले पनि युनाइटेडको उद्धार गर्न सकेनन्। यस अगाडी युनाइटेडले लिभरपुल, म्यानचेस्टर सिटी, लेस्टर सिटीसंगको खेलमा लज्जास्पद हार बेहोरिसकेको थियो।

युनाइटेडले ओले गुन्नार सोल्साएलाई वर्खास्त गरेसँगै उनी पछिल्ला ३ वर्षमा रोनाल्डो खेलेको क्लबबाट वर्खास्त हुने चौंथो प्रशिक्षक बनेका छन्। सन् २०१८ मा रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टस प्रस्थान गरेका रोनाल्डोले क्लबमा तीन खेल खेल्दा एक-एक सिजनको अन्तरालमा म्याक्सी एलेग्री, माउरो सार्री र आन्द्रे पिर्लो वर्खास्त भएका थिए। यसै सिजन १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको पहिलो सिजनमा नै ओले पनि वर्खास्त भएका हुन्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१२:०४

यी प्रशिक्षकलाई युनाइटेड ल्याउँन चाहन्छन् रोनाल्डो, कोचले भने-“अप्रिल फुल हो आज ?”