काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। हप्ताको पहिलो दिन घटेर सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ६ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढेर सोमबार २ सय रुपैंयाँले बढेको थियो। आइतबार छापावाला सुन ९३ हजार ७ सय र सोमबार ९३ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९३ हजार २ सय र सोमबार ९३ हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो।
सुन कार्तिक २३ गते पछिकै सस्तो
मंगलबारको गिरावटसँगै सुनको मूल्य कार्तिक २ हप्ता यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य कार्तिक २३ गते अर्थात १४ दिनकै सस्तो रहेको छ। त्यसदिन पनि आजैको मूल्यमा सुनको कारोबार भएको थियो।
चाँदी
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु १५ ले घटेर १ हजार २ सय ५५ कायम भएको छ।

