दिपिका पादुकोणको फिल्म ‘छपाक’ र अजय देवगनको ‘तानाजी: द अनसंग वा’रियर’ रिलीज भएको एक हप्ता भएको छ । खास गरेर दिपिका प्रति मान्छेको आशा रहेको थियो। किनकि यो फिल्म सुरुदेखि नै विवादमा परेको थियो। सोशल मीडियामा यूजर्सले फिल्मलाई ब्वायकट गर्ने ट्रेन्ड चलाएको थियो।
बक्स अफिस इन्डिया वेबसाइट अनुसार ‘छपाक’ को कलेक्शनमा बिहिबार केहि घटेको थियो। फिल्मले सातौँ दिनमा पनि डेढ करोड कमाउन सफल भएको थियो। ‘छपाक’ ले ६ दिनमा २६.५३ करोड कमाउन सफल भएको छ। यसैगरी एक हप्तामा फिल्मले २८ करोड कमाएको छ।
फिल्ममा दीपिकासँग अभिनेता विक्रांत मेसीको पनि मूख्य भूमिका रहेको थियो। यसको निर्देशन मेघना गुलजारले गरेकी हुन्। फक्स स्टार स्टूडियोज, दीपिका र मेघनाले मिलेर यसलाई प्रड्युस गरेका थिए। फिल्म ए’सिड अट्याक सर्भाइवर लक्ष्मी अग्रवालको जिन्दगीबाट प्रेरित रहेको छ। फिल्मको लागत ३५ करोड रहेको थियो र यसको प्रचार र प्रिंट्समा १० करोड खर्च भएको थियो। यसैगरी यसको कुल बजेट ४५ करोड रहेको छ। फिल्म हिट हुनको लागि ६० करोड कमाई गर्नुपर्नेछ। ‘छपाक’ लाई कुल २१६० स्क्रीन्स मिलेको छ। यसमा भारतको १७०० स्क्रीन्स र विदेशमा ४६० स्क्रिंस रहेको छ।
‘तानाजी’ को कुरा गर्दा यो फिल्म यस वशको पहिलो हिट फिल्म रहेको छ। सातौँ दिनमा पनि यस फिल्मले ११ देखि १२ करोड कमाएको छ। फिल्मले अहिलेसम्म १२० करोड कमाएको छ। ‘तानाजी’ मा अजय देवगन, सैफ अली खान र काजोलको मुख्य भूमिका रहेको छ। फिल्मको लागत ११० करोड रहेकको छ। यसको प्रचार र प्रिंट्समा १५ करोड खर्च भएको छ। यसको कुल बजेट १२५ करोड रहेको छ।