एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु, ओली र देउवा एकै मञ्चमा [फोटो फिचर]

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन भएको छ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

यसै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव एउटै मञ्चमा सहभागी भएका छन् । एमालेको चितवनमा जारी १० औं महाधिवेशनको मञ्चमा यी तीनै नेता एउटै मञ्चमा उपस्थित भएका हुन् ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१४:००

सवारीचालक अनुमतिपत्र नवीकरण कार्य सुरु, कसरी गर्ने नवीकरण ? [जानकारी सहित]