भोलि मङ्सिर १२ गते आईतबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाइको दिन शुभ रहनेछ। जीवनसाथी मिल्ने योग रहेको छ। सामाजिक रूपबाट तपाईलाई प्रसिद्धि मिल्नेछ। व्यापारमा लाभ हुनेछ। स्वास्थ्य बिग्रिन सक्नेछ । आफन्तको साथ मतभेद हुन सक्नेछ । धन खर्च हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाइको दिन शुभफलदायी रहनेछ । व्यवसायमा स्थिति अनुकूल रहनेछ। तपाइको कार्यको उचित प्रसंशा हुनेछ । सामाजिक रूपबाट मान-प्रतिष्ठामा वृद्धि हुनेछ।  कार्य पनि सरलतापूर्ण सम्पन्न हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाइको फलदायी रहनेछ। स्वास्थ्यमा केहि उतार-चढाव आउनेछ। व्यावसायिक स्थलमा असन्तुष्टि बढ्नेछ। धन खर्च हुनेछ। सन्तानको चिन्ताले सताउनेछ। मध्यान्हपछि तपाइको कार्यमा सफलता प्राप्त हुनेछ। जसले गर्दा तपाइको मनमा पनि प्रसन्नता छाउनेछ। व्यवसायमा पदोन्नतिको योग छ । धन प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रिसलाई  नियन्त्रणमा राख्नुहोस। अनैतिक कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोस्। धन खर्च हुनेछ। मध्यान्हपछि शारीरिक र मानसिक स्वस्थता प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाईलाई मनोरन्जनको भरपुर साधन उपलब्ध हुनेछ। जसको कारण तपाई आफ्नो परिवारसंग आनन्दको समय बिताउनुहुनेछ। तर मध्यान्ह पछि धेरै विचारहरुको कारण मानसिक रुपबाट तपाई थाक्नु हुनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यस दिन तपाइको लागि शुभ रहनेछ। कार्यमा सफलता प्राप्त हुदा तपाइको मन आनन्दित रहनेछ । परिवारको वातावरण अनुकूल रहनेछ, जसको कारण तपाई शारीरिक र मानसिक रूपबाट प्रसन्न र स्वस्थ रहनुहुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यस दिन लेखन कार्य र रचनात्मक प्रवृत्तिको लागि शुभ रहेको छ। तपाई बौद्धिक छलफलमा फाइदा लिन सक्नुहुन्छ । यस दिन केहि बढी भावनात्मक हुनुहुनेछ । व्यावसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यस दिन तपाई कुनै पनि कार्यमा आफ्नो जिद्दीपन नदेखाउनुहोस। भावनात्मकतामा संयम राख्दा मानसिक चिन्ता कम हुनेछ। वित्तीय मामिलाको आयोजना हुनेछ। माताबाट लाभ हुनेछ। नया कार्यको सुरुवात नगर्नुहोस। बौद्धिक एवं तार्किक कार्य गर्नुहोस ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

दिनको समयमा तपाईको मन प्रफुल्लित रहन्छ । मानसिक रुपबाट हल्का अनुभव  हुनेछ । परिवारको साथ पारिवारिक चर्चाको आयोजना हुनेछ।  साथीहरुको साथ धनिष्ठता बढ्नेछ र प्रतिस्पर्धीहरु समक्ष विजय हुनेचा । भाग्यवृद्धिको योग छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यस दिन धार्मिक विचारका साथै धार्मिक कार्यमा खर्च हुनेछ । आफ्नो परिवारसंग धेरै वाद-विवाद नगर्नुहोस । नत्र परिवारका सदस्यहरू तपाईसँग असन्तुष्ट हुन सक्छन् । मध्यान्हपछि तपाइको मन चिन्तामुक्त रहनेछ ।  भाग्यवृद्धिको योग  रहेको छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यस दिन तपाइको मन प्रफुल्लित रहनेछ । नकारात्मक सोचलाई मनबाट हटाउनुहोस् । आफ्नो बोलीलाई संयम राख्नुहोस । तपाइमा निर्णयशक्तिको अभाव रहनेछ ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

कसैसंग धनसंग सम्बन्धित व्यवहार नगर्नुहोस। ध्यान केन्द्रित गर्ने प्रयास गर्नुहोस। कम खर्च गर्नुहोला। आफन्तहरुसंग मन दुख्ने प्रसंग बन्नेछ। मध्यान्हपछि तपाइको स्वास्थ्यमा सुधार आउनेछ।  मानसिक रूपबाट पनि तपाई स्वस्थता महशुस गर्नुहुनेछ। परिवारबाट सुख मिल्नेछ।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८१९:५६

आज मङ्सिर १२ गते आईतबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!