दुर्लभ सुन कछुवा बेच्ने थियो योजना, ग्राहक बनेर प्रहरी आफैं आएपछि सबै चकनाचुर !

काठमाडौँ – दुर्लभ सुन कछुवा चार जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। दुर्लभ सुन कछुवा सहित चार जनालाई प्रहरीले काठमाडौँको सोल्टीमोडबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भानु नगरपालिका घर भई काठमाडौं-२६ रानीबारी बस्ने ४२ वर्षीय हरि परियार, दोलखा गौरीशंकर गाउँपालिका-८ भई बुढानिलकण्ठ नगर-१ बस्ने ३३ वर्षीय राजुकुमार तामाङ, बालाजु बस्ने २२ वर्षीय प्रभास कार्की र ४४ वर्षीय सञ्जय तामाङ रहेका छन्।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो। सुन कछुवाको बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। सुन कछुवाको बिक्री गर्न लागेको सूचना प्राप्त भएपश्चात प्रहरी आफैं ग्राहक बनेर किन्न पुगेको थियो।

पक्राउ पर्नु अगाडी उनीहरु ८० लाख रुपैयाँमा सुन कछुवा बिक्री गर्न सहमत भएका थिए। जसलगतै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरुको साथबाट प्रहरीले एउटा जीवित सुन कछुवा, पाँच वटा मोबाइल र ३६ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८२२:०९

मध्य मङ्सिरअघि नै चिसो छिप्पियो, तराईमा लगलगी कमाउने जाडो !