म्यानचेस्टर युनाइटेडका आइकन प्याट्रिस इभ्राले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सीले भोलि हुने गालामा आफ्नो सातौं बालोन डी’ओर जित्ने इन्स्टाग्राम पोस्टमा पुष्टि गरेका छन् । उनले लेखे,”अर्को बालोन डी ओर जितेकोमा मेस्सीलाई बधाई। र मैले यो कुरा भन्दा नबुझ्ने मानिसलाई *** ।” “जब म कुरा गर्छु यो किनभने क्रिस्टियानो रोनाल्डो मेरो भाइ हुन् र जब मैले तपाईंहरुलाई भविष्य भनेको थिएँ सबैले यो लुटपाट हो भन्यौ।”
View this post on Instagram
एक अपमानजनक पोष्टमा, एभ्राले रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह र अन्यलाई पछि पार्दै अर्जेन्टिनाका महान खेलाडीले अवार्ड हात पार्ने देखिएको बताएका हुन्। इभ्रा आफ्नो पुस्ताका सबैभन्दा स्पष्टवक्ता फुटबलर हुन् र बालोन डी’ओर समारोहको पूर्वसन्ध्यामा उनको टिप्पणीले सोशल मिडियामा धेरै हलचल मच्चाएको छ। म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको साथमा रहेका फ्रान्सेली खेलाडीले पुष्टि गरे कि मेस्सीले फेरि पनि बालोन डी’ओर जितेर इतिहास रच्न तयार रहेका छन्, यस पटक पीएसजीको खेलाडीको रूपमा।
इभ्राको पोष्टले विश्वव्यापी ध्यान पाएको छ र विश्वभरका प्रशंसकहरूले उनको पोष्टमा कमेन्टको खोला बनाउन सुरु गरेका छन्। रोनाल्डोका उत्कट प्रशंसकहरू विशेष गरी उनले बालोन डी’ओर विजेता बारे गरेको खुलासाले प्रभावित भएनन्, किनकि एभ्राले मेस्सीलाई उनको ऐतिहासिक उपलब्धिको लागि बधाई दिएका छन्।
२०२१ बालोन डी’ओर समारोह नोभेम्बर २९ मा हुने तय छ, जसका लागि मेस्सी प्रमुख दाबेदार रहेका छन्। लेवान्डोस्की र जोर्गिन्होसँग पनि बहुमूल्य सम्मान प्राप्त गर्न बलियो केस छ, तर मेस्सीको ऐतिहासिक कोपा अमेरिका २०२१ को विजयले बाजी उनको पक्षमा जान सक्छ।
इभ्राले मेस्सी २०२१ बालोन डी’ओरको विजेता भएको पुष्टि गरेका छन् तर फ्रान्सेली खेलाडी विश्व फुटबलमा एक रहस्यमय व्यक्तित्व हुन् र उनका शब्दहरू, बाँकी लीकहरू सहित केही घण्टामा सार्वजनिक हुने नै छ।

